डकसुमोले ४३ करोडभन्दा बढी बीज पूँजी जुटायो « Khabarhub

डकसुमोले ४३ करोडभन्दा बढी बीज पूँजी जुटायो


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । डकुमेन्ट एआई स्टार्टअप कम्पनी डकसुमोले सीड फण्ड (बीज पूँजी) को रूपमा करिब ४३ करोड १९ लाख रुपैयाँ जुटाएको छ ।

अटोमेसनको सेवा प्रदान गर्दै आइरहेको डकसुमोले विभिन्न भेन्चर क्यापिटल कम्पनीबाट यो फण्ड जुटाएको हो ।

प्राप्त गरेको सीड फण्डबाट नेपाल र भारतमा सयौँंलाई रोजगारी दिने र उत्तर अमेरिकी बजारमा आफ्नो क्लाइन्ट संख्या बढाउने योजना कम्पनीले ल्याएको छ ।

कम्पनीले डकुमेन्ट डेटा क्याप्चर, एनालिटिक्स, फ्रड डिटेक्सन जस्ता कार्यबाट वित्तीय कम्पनीहरूको कार्यालय सञ्चालन तर्फको ७० प्रतिशतसम्मको खर्च कटौती गर्न सहयोग गर्दै आएको छ ।

यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र भारतीय रुषभ सेठले तीन वर्षअघि स्थापना गरेका थिए ।

स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ५२ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल