कोरोनाले रोजगारी गुमाएका २३ साना उद्यमीलाई मेसिन र औजार « Khabarhub

कोरोनाले रोजगारी गुमाएका २३ साना उद्यमीलाई मेसिन र औजार


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ । एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार चार छालाजुत्ता व्यवसायी, नौ सिलाइकटाइ पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक, आरन व्यवसाय सञ्चालन गर्दै आएका चार, खुद्रा पसल सञ्चालक तीन, तरकारी व्यवसायी तीन र कुखुरापालक तीन जनालाई मेसिन तथा औजार वितरण गरिएको छ ।

‘छालाजुत्ता व्यवसायीलाई आवश्यक औजारसहित छाला, सिलाइकटाइ व्यवसायीलाई मेसिन, आरन व्यवसायीलाई मेसिन, काठका भाँडा बनाउने कार्यमा संलग्नलाई विद्युतीय मोटर वितरण गरेका छौँ’, उनले भने, ‘खुद्रा पसल, तरकारी पसल र कुखुरा व्यवसायीलाई डिजिटल तराजु वितरण गरिएको छ ।’

प्रत्येक उद्यमी र व्यवसायीलाई रु १५ हजार मूल्य बराबरका मेसिन र सामग्री उपलब्ध गराइएको छ । ‘नगरपालिकाका कोरोना प्रभावित भएका ८४ साना उद्यमीलाई छनोट गरिएकामा पहिलो चरणमा २३ जनालाई मेसिन र औजार वितरण गरिएका छौँ’, अध्यक्ष लुहारले भने, ‘छनोटमा परेका अन्य साना उद्यमीलाई केही दिनभित्रै दोस्रो चरणमा मेसिन र औजार वितरण गर्छौँ ।’

यसैगरी कृष्णपुर नगरपालिका क्षेत्रका ८४ साना उद्यमीलाई समेत मागका आधारमा मेसिन र औजार वितरण गरिने उनको भनाइ छ । साना उद्यमीलाई मेसिन र औजार वितरण गर्नुहुँदै नगरप्रमुख दिलबहादुर ऐरले व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक तालिम र पूँजी अनुदानका लागि नगरपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ४१ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड