बी डिभिजन लिगमा नयाँबस्तीको दोस्रो जित « Khabarhub

बी डिभिजन लिगमा नयाँबस्तीको दोस्रो जित


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहिद स्मारक बी डिभिजन लिगमा नयाँबस्तीको जित दोस्रो जित निकालेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको खेलमा नयाँ बस्ती यूथ क्लबले ब्वाईज यूनियनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । 

नयाँ बस्तीको जितमा सुमन योज्ञ, रोशनआङ्दम्बे र सोम थापाले १–१ गोल गरे । ब्वाईज यूनियनको लागिभने विनोद राई र रिवस मास्केको नाममा १–१ गोल रह्यो । 

खेलको १७ औँ मिनेटमा सुमनको गोलले नयाँ बस्तीले अग्रतालियो । ब्वाईज यूनियनको लागि ३९ औँ मिनेटमा विनोदले गोल गरेर खेललाई बराबरीमा पु-याए ।

खेलको ५१ औँ मिनेटमा रिवसको गोलले ब्वाईजले पुनः अग्रता लियो । तर, रोशनले ७० औँ मिनेटमा नयाँ बस्तीको लागि गोल गरेर खेललाई २–२ गोलको बराबरीमा प्रवेश गराए । 

दुवै टोली अर्को गोल गर्न संघर्ष गरिरहेका थिए । करिब १३ मिनेटको संघर्ष पश्चात सोमले खेलको ८३ औँ मिनेटमा नयाँ बस्तीका लागि तेस्रो गोल गरे । सोमको गोल निर्णायक बनेसँगै नयाँ बस्तीले जित आफ्नो पोल्टामा पार्‍यो  । 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ५० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा