विप्लवको तालिम केन्द्र खोज्दै सुरक्षाकर्मी « Khabarhub

विप्लवको तालिम केन्द्र खोज्दै सुरक्षाकर्मी


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन । आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।

गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौकीनजिक हतियारधारी समूह आएको सूचना पाएपछि प्रहरीले चौकी छाडेका थिए । यसैका आधारमा विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला फैलिएपछि देशभरि तरंग ल्याएको थियो ।

विप्लवको गतिविधि बढेको सूचनाका आधारमा गस्ती र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सोलुखुम्बूका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले छेस्काममा हल्ला मात्र चलाइएको बताए । उनले टेलिफोनमा भने, ‘छेस्काममा केही भएको थिएन, गुँदेलमा छ भनिएको तालिम केन्द्र खोजी भइरहेको छ, फेला पार्नासाथ जानकारी दिन्छौं ।’ विप्लवको गतिविधि बढेको र तालिम केन्द्र नै छ भन्ने सूचनाका आधारमा खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको उनको भनाइ छ ।

तीन महिना बन्धक बनाएर सामूहिक बलात्कार शीर्षकमा अर्को समाचार छापेको छ । धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन।’

अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्‍यायो। किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो । किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभर पोलेका फोका छन्। कुटपिटको नीलडाम छन्। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’

राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें। मुखमा कपडा कोचिदिन्थे। कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे। फेरि सुई लगाएर बेहोस बनाइदिन्थे।’ सकिला खातुन भन्ने महिला र तीनजना केटाले मदिरामा लठ्ठ भएर आफूलाई सताउने गरेको उनले बताइन्। उनले भनिन्, ‘शौचालय जाँदा खुट्टामा बाँधेको डोरी अलि खुकुलो परिदिन्थे। तर बाटामा रड र लठ्ठी बोकका केटाहरू निगरानीमा हुन्थे।’

जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन्। अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन्। उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन्। खर्च अभावमा पोसिलो आहार खुवाउन नसकिएको पीडितकी आमा बताउँछिन्। उनले भनिन्, ‘साथीहरूसँग सापटी मागेर दबाई खरिद गरिरहेको छु।’ किशोरीको आर्थिक अवस्था कमजोर छ। उनको जीवन रक्षाका लागि जनकपुरका पत्रकार शैलेन्द्र महतो (क्रान्ति) ले एक पिन्ट रगत दिएका छन्।

वामदेव प्युठान पुग्दा शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा कुनै समय वामदेव गौतम गृहजिल्ला प्युठान आउँदा बेग्लै चहलपहल बढ्थ्यो। गृहमन्त्री भएकै कारण उनको आगमनले उच्च महत्त्वको हुन्थ्यो। चुनाव हारजित जे हुँदा पनि उनी राजनीतिमा चर्चामा आइरहे। २०७० को संविधानसभा निर्वाचनमा गौतमले प्युठान र बर्दियाबाट चुनाव जिते। उनले बर्दिया छाडेर प्युठान रोजे। चुनावताका गौतमले जिल्लाबासीसँग भनेका थिए, ‘अब म मेरै जन्मभूमिमा आएँ। मेरो दाहासंस्कार यहींकै श्रीखण्डले गर्नू। अब अरू जिल्लाबाट चुनाव लड्ने छैन।’ जिल्लाबासी खुसी भए।

उनको जन्मघर प्युठान नगरपालिका–२ दाखाक्वाडी हो। गौतम झन्डै २० वर्षअघि बसाइँ सरेर बर्दिया गएका हुन्। अहिले परिवारसँगै उनी काठमाडौंमा बस्छन्। तर ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गौतमले प्युठानीमाझ गरेको बाचा बिर्सिए। उनी बर्दियाबाट उम्मेदवार बने। जिल्लाबासीले प्युठानबाटै चुनाव लड्न गरेको आग्रह बेवास्ता गरे। त्यसबेला उनको नाममात्र पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको थियो।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ४५ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त