कोभिड बढेपछि चीनको 'चाङ्गचुन' सहरमा फेरि लकडाउन घोषणा | Khabarhub Khabarhub

कोभिड बढेपछि चीनको ‘चाङ्गचुन’ सहरमा फेरि लकडाउन घोषणा


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिइ – कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो ।

चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ । नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ ।

स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक र्‍यापिड एन्टिजेन परीक्षण सुरु गर्दैछ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि भएको छ । हालसालै सांघाइले विद्यालयलाई अनलाइन सञ्चालन गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : ०८ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर