फोहर विसर्जनमा नुवाकोटवासीको अवरोध कायमै, सरकारी समिति गठनमा असहमति « Khabarhub

फोहर विसर्जनमा नुवाकोटवासीको अवरोध कायमै, सरकारी समिति गठनमा असहमति


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा विसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै फोहर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ ।

यही फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधको कारण आज पनि काठमाडौँबाट फोहर आउन नदिएको ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए। उनका अनुसार स्थानीयवासीले राखेको माग प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रियाअनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने रहेको छ ।

‘सरकारले प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागी उच्चस्तरीय समिति र ‘र्‍यापिड एक्सन टास्क फोर्स’ गठन गर्ने निर्णय गरे पनि त्यसमा हामीहरुको जायज मागको सम्बोधन भएको छैन’, संयोजक ढुङ्गानाले भने, ‘नयाँ माग र समस्या केही होइन, यसअघि भएको सहमतिको पालना गर्न सरकारी स्तरबाट स्पष्ट निर्णय नआएसम्म विरोध कायम रहन्छ ।’

प्रभावित क्षेत्रका बासिन्दाले नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँ (यसअघिका विभिन्न अध्ययन प्रतिवेदनले मानव बसोबासको लागि जोखिम भनेको स्थान) का बस्ती स्थानान्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्यरुपमा उठाएका छन् ।

उक्त माग सम्बोधनको लागी त्यसक्षेत्रको जग्गा पशुपति, कालमोचन भैरवलगायतका गुठीको नाममा भएकाले कानुनअनुसार रैकर हुनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा गत २३ गतेदेखि उपत्यकाको फोहर विसर्जनमा अवरोध गर्न थालिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : ३६ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित