नयाँ शहर बनाउन दीर्घकालीन नीतिको खाँचो रहेको मन्त्री झाँक्रीको भनाइ | Khabarhub Khabarhub

नयाँ शहर बनाउन दीर्घकालीन नीतिको खाँचो रहेको मन्त्री झाँक्रीको भनाइ


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छन् ।

समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा भएको पत्रकार सम्मेलनमा उनले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी हुन् ।

मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन नसक्ने बताउँदै नयाँ शहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिइन् ।

“पछिल्लो पटक ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्दछ”, उनले भनिन्, “ग्रामीण शहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ ।”

मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ शहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गतिलिन नसकेको भन्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताइन् ।

उनले प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने र असीमित आवश्यकतालाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन् । (रासस)

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १२ : ५२ बजे

इरानका सैन्य स्थलहरूमा इजरायली आक्रमण

एजेन्सी – इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार

काठमाडौंलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको बेहाल (तस्बिरहरू)

काठमाडौं– देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने

इरानका विदेशमन्त्री रूसमा, राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

एजेनसी–  इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानका प्रमुख आणविक केन्द्रहरूमा अमेरिकाले

मनाङमा रैथाने बाली उत्पादन घट्दै

मनाङ– समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३

विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं– बाराको पचरौता नगरपालिका-२ बिसनपुर बस्ने ५० वर्षीय सोयब अंसारीको करेन्ट लागेर