गरिबको पीडा: अधिक खर्च लाग्ने भएपछि परिवारजनले बिरामीलाई घर फर्काए | Khabarhub Khabarhub

गरिबको पीडा: अधिक खर्च लाग्ने भएपछि परिवारजनले बिरामीलाई घर फर्काए


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या भएको छ ।

गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो ।

छिमेकी तथा आफन्तको सहयोगमा काठमाडाैँ पुर्‍याइए पनि आर्थिक समस्या भएपछि गिरीलाई उपचार नगरी २६ फागुनमा घर फर्काइएको छ ।

प्रेसरले ढल्दा गिरीको दाहिने आँखा र टाउको पछाडि चोट लागेको छ । उनको हाल सिंगो शरीर चल्न नसक्ने अवस्थामा पुगेको छ ।

गिरीले अरुको भारी बोक्ने, ज्याला मजदुरीको काम गर्दै श्रीमती र चार छोरीको लालनपालन गर्दै आएका थिए ।

आर्थिक अवस्था कमजोर भएका कारण गिरीलाई सहयोग उठाएर ट्रमा सेन्टरमा लगिएको थियो ।

तर ट्रमा सेन्टरले अन्यत्र लैजान रेफर गरेपछि बौद्धस्थित निजी अस्पतालमा लगिएको थियो ।

केही समय आईसीयूमा राखे पनि अधिक खर्च लाग्ने भएपछि परिवारले गिरीलाई घर फर्काएको काँग्रेसका दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए ।

गाउँपालिकाकै अस्थायी कोभिड अस्पतालमा लगिएपछि उनको मष्तिष्कमा रगत जमेको पत्ता लागेको थियो ।

काँग्रेस पालिका सभापति गिरीकै पहलमा बिरामीको उपचारका लागि ६८ हजार सहयोग संकलन भएको थियो ।

बिरामीलाई उपचारमा लगिएका बेला संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिसकिएको छ ।

थप १०/१२ हजार सहयोग संकलन भएको गिरीले बताए । उनले भने, ‘बिरामी निको हुँदैन भनेर होइन, उपचार गर्ने पैसा नभएर बिरामीलाई घर फर्काइएको हो ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १ : ४२ बजे

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट