विगतमा संविधान ल्याउन नसकेकालाई मत दिँदा समस्याः नेता सिंह « Khabarhub

विगतमा संविधान ल्याउन नसकेकालाई मत दिँदा समस्याः नेता सिंह


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विगतमा संविधान जारी गर्न नसकेकालाई दुई तिहाइ मत दिँदा संघीयता संस्थागत हुन नसकेको बताएका छन् ।

शनिवार काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभामा नेता सिंहले संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुनः दुई तिहाई मत दिएर नेतृत्व सुम्पिदा देशमा संघीयता संस्थागत हुन नसकेको बताएका हुन् ।

संविधान जारी भएपछि बनेको दुई तिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी–प्रशासनिकलगायत क्षेत्र दुःख झेल्न बाध्य भएको पनि उनले बताए ।

नेता सिंहले नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नुपर्ने बताए ।

सम्पूर्ण राजनीतिक पार्टीले भाषणबाजी मात्र नभई शिक्षा, उद्योग जस्तो समाज रूपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनुपर्ने उनले भनाइ थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ४० बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका