हिन्दूराष्ट्र पुनःस्थापना गर्न आन्दोलनमा उत्रिने कमल थापाको उद्घोष « Khabarhub

हिन्दूराष्ट्र पुनःस्थापना गर्न आन्दोलनमा उत्रिने कमल थापाको उद्घोष


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आन्दोलनमा होमिने बताएका छन् ।

राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभामा अध्यक्ष थापाले सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आन्दोलनमा उत्रने उद्घोष गरेका हुन् ।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकाले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि उनले जानकारी दिए ।

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएकाले यो राम्रो लक्षण नभएको अध्यक्ष थापाको भनाइ छ । यसको सम्पूर्ण दोष विदेशी प्रभुहरूका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरू भएको भन्दै उनले यसको अन्त्यका लागि बलियो बैकल्पिक राजनीतिक शक्तिका रूपमा राप्रपा नेपाल उदाएको दाबी गरे ।

फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पनाभन्दा माथिको सफलता हासिल गरेको उनले बताए ।

कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको नेतृत्वमा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो ।

नवगठित मोर्चाका पदाधिकारी तथा सदस्यहरूलाई थापाले माला र खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ, महामन्त्री राजाराम वर्तौला, प्रवक्ता सुरेश आचार्यलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ३३ बजे

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं– अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज