गठबन्धन गरेरै चुनावमा जानुपर्छ: मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

गठबन्धन गरेरै चुनावमा जानुपर्छ: मुख्यमन्त्री पोखरेल


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धनलाई नै कायम गरी चुनावमा जानुपर्ने बताएका छन् ।

राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ ।

तनहुँस्थित व्यास नगरपालिकाले शनिबार गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ । अन्यथा अझै धेरै प्रतिगमनहरू हुन सक्छन् ।’

‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो । अहिले नै हेर्नु न सबैतिर गठबन्धनकै सरकार त छ नि,’ उनी भन्छन्, ‘विशेष परिस्थितिमा देश र संविधानको रक्षाका लागि देशभित्रका सबै शक्ति मिल्नुपर्छ । राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौँ । आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’

यसअघिको निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्तिसँग गठबन्धन गरेको थियो भने एमालेको नेतृत्वमा माओवादी र अन्य कम्युनिष्ट पार्टीहरूको बाम गठबन्धन थियो ।

तर संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीको निर्णयले गठबन्धन मात्रै होइन, एमाले नै विभाजित भयो । त्यसपछि एमाले बाहेकको गबठन्धनको नेतृत्व काँग्रेसले गरेको छ । गण्डकीमा नेपालीकै नेतृत्वमा जेठ २९ गते नयाँ सरकार बनेको हो ।

कम्युनिष्टहरूले देशमा समस्याको निकास दिन नसक्ने भएकोले त्यसको नेतृत्व अब काँग्रेसले गर्ने पोखरेलको दाबी छ । गठबन्धन सरकार मिलेरै चुनावसम्म जाने र ३ वटै निर्वाचनमा वियजी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ५२ बजे

चाडपर्वलाई तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको

दशैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी– म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुुनालाई प्रसाद

दशैँमा सन्तुलित भोजन गरौं, नयाँ नयाँ ठाउँ घुमौं

झोल हालेर मासु, तारेर मासु, सुकाएर मासु, अचार बनाएर मासु

प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह

काठमाडौं– तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र

देशका अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत