कांग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरण मतदान : जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा « Khabarhub

कांग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरण मतदान : जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकमा नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेका कारण फेरि मतदान हुने भएको हो।

पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३ (२६.९८ प्रतिशत) मत प्राप्त गरे । राति अबेर सकिएको मतगणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।

दोस्रो चरणमा जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् ।

कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : १५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक