पहाडी भूभागमा आज पनि पानी पर्ने « Khabarhub

पहाडी भूभागमा आज पनि पानी पर्ने


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-देशभर आज (बुधबार) मौसममा बदली हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसमी विवरण जारी गर्दै पूर्वी पहाडी भेगमा पानी पर्ने जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि केहीबेर मौसम खुलेको जस्तो भएर फेरि बदली हुनेछ । अपराहन्न वा साँझतिर पूर्व र मध्यका केही स्थान तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद्हरुले बताएका छन् ।

उपत्यकामा भने फाट्फुट् पानी पर्ने सम्भावना छ । प्रि मनसुन तथा बंगालको खाडीबाट जल वाष्पयुक्त वायु सतही रुपमा आएकाले केही दिनदेखि मौसम बदली भएको हो ।

विभागले जारी गरेको ३ दिने मौसमी विवरण यस्तो छ ।

जेठ २२ गते (बुधबार):

दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदलीरही मध्य तथा पुर्वी भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २३ गते (बिहिबार):

दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थान र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भेगका अधिकांश स्थानहरूमा आंशिक वदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २४ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : ४८ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई