सामाजिक सञ्जालमा सावधानी अपनाउन कतारमा रहेका नेपालीलाई सचेतना « Khabarhub

सामाजिक सञ्जालमा सावधानी अपनाउन कतारमा रहेका नेपालीलाई सचेतना


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानीसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।

दोहास्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।  दूतावासको सभाहलमा सीमित आमन्त्रितहरूको भौतिक उपस्थिति तथा अन्य सहभागीहरूका लागि भर्चुअल माध्यमबाट गरिएको हो ।

नेपाल पत्रकार महासंघ शाखा कतारको समन्वयमा भएको कार्यक्रमको उद्देश्यबारेमा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान प्रकाश पारेका थिए । दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालले कार्यक्रमको सान्दर्भिकता तथा उपादेयताबारे सम्बोधन गरेका थिए ।

कार्यक्रमका समन्वयकर्ता तथा प्रमुख वक्ता नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मियाले सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सचेतनाबारे बिस्तृतरूपमा आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा सहभागीहरूले पनि अनुभव साटासाट गर्दै प्रश्न राखेका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कार्यक्रम उपयोगी रहेको सहभागीहरूले बताए।

पछिल्लो समय यहाँ कार्यरत नेपालीहरूले जथाभाबी भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने गरेका छन्। कतिपय भिडियो कतारको कानुनी विपरीत हुने भन्दै नेपाली समुदायलाई सचेत गराइएको अध्यक्ष मुसलमानले बताए ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनीरूपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : १५ बजे

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको