रुसी धनाढ्यको निजी पानीजहाज इटाली प्रहरीको नियन्त्रणमा « Khabarhub

रुसी धनाढ्यको निजी पानीजहाज इटाली प्रहरीको नियन्त्रणमा


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालीको वित्तीय प्रहरीले रुसी धनाढ्यको निजि पानीजहाज नियन्त्रणमा लिएको छ । इटालीको प्रधानमन्त्रीको कार्यालयले जनाएअनुसार रुसी धनाढ्य आन्दे्रई इगोरेभिच मेलिन्चेन्कोको विलासी पानीजहाज नियन्त्रणमा लिएको हो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि मेलिन्चेन्कोलाई युरोपेली युनियनले प्रतिबन्धको सूचीमा राखेको थियो ।

इटालीको प्रहरीले नियन्त्रणमा लिएको १४३ मिटरको ‘सेइलिङ याट ए’ को मूल्य ५३ करोड युरो बराबर रहेको जनाइएको छ । नोबिस्क्रुग नामक कम्पनीले जर्मनीमा बनाएको यो पानीजहाज विश्वकै सबैभन्दा ठूलोमध्येको एक रहेको इटाली सरकारले जनाएको छ ।

मेलिन्चेन्को रासायनिक मल बनाउने युरोकेम ग्रुप र कोइला कम्पनी सुएकका मालिक रहेको जनाइएको छ । यद्यपि उनले यही साता राजीनामा दिएको रोयटर्सले जनाएको छ ।

यता उनका प्रवक्ताले भने मेलिन्चेन्कोको कुनै राजनीतिक सम्बन्ध नरहेको र युक्रेनमाथि रुसी आक्रमणमा कुनै सरोकार नरहेको जनाएका छन् ।

गएको साता यता इटालीको प्रहरीले रुसी धनाढ्यहरुबाट ७० करोड भन्दा धेरैको सम्पत्ति जफत गरेको त्यहाँका अर्थमन्त्री डानियल फ्राङ्कोले जानकारी दिएका छन् ।
(रोयटर्सबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : १८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस