बेलायतमा सहकर्मीलाई छुरा प्रहार गर्ने एक नेपाली शेफ पक्राउ | Khabarhub Khabarhub

बेलायतमा सहकर्मीलाई छुरा प्रहार गर्ने एक नेपाली शेफ पक्राउ


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतको रिकमेन्सवर्थको प्रिमियर इनमा सहकर्मीलाई छुरा प्रहार गर्ने नेपाली शेफलाई मानसिक स्वास्थ्य ऐनअन्तर्गत पक्राउ गरिएको छ ।

प्यारानोइड सिजोफ्रेनिया रोग लागेको २७ वर्षीय अरुण पुर्जाले होटेलको लबीमा महिलामाथि आक्रमण गरेको बेलायतको स्थानीय अनलाइन हट्सलाईभले उल्लेख गरेको छ । उसले ती महिलाबाट धम्कीपूर्ण आवाज सुनेपछि आक्रमण गरेको बताइएको छ ।

सेन्ट अल्बान्स क्राउन कोर्टले उसले ती महिलालाई कार्यालयबाट पिछा गरी ढाडमा चक्कु प्रहार गरेकोमा  सुनवाइ गरेको थियो ।

सुरुमा ती महिलालाई सामान्य चोट लागे पनि पछि चक्कु प्रकारले उनको शरीरमा क्षतविक्षत भएको छ ।

यसअघि केम्प्टन एभिन्यू‚ होर्नचर्च‚ लन्डनमा बस्ने पूर्जा सजायको लागि साउथल‚ पश्चिम लन्डनको सेन्ट बर्नार्ड अस्पतालको एक मध्यम सुरक्षित इकाई हाजिर भएका थिए ।

गत वर्ष डिसेम्बर २३ मा भएको सुनुवाइमा उनले नियतले घाइते बनाएको स्वीकार गरेका थिए।

अभियोजक म्याथ्यु वाल्सले गत वर्ष सेप्टेम्बर ५ मा नेपालीमा बोल्ने र धम्की दिने आवाज सुनेपछि पुर्जालाई घर जान भनिएको थियो ।

-हर्टफोर्डशायरमर्करीबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : ०० बजे

२५ उद्योगको लाइन काटिँदा सरकारले दैनिक गुमाइरहेको छ ६ करोड

काठमाडौँ- नेपाल विद्युत प्राधिकारणले बक्यौता रकम नतिरेको भन्दै ठूलला उद्योगको

उच्च हिमाली पदमार्गमा यात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ – मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई

मोन्था समुद्री आँधीको प्रभाव नेपालमा कस्तो पर्ला ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशका विभिन्न

सञ्चार मन्त्री भन्छन्: सरकारले निर्वाचन सफल पार्न कुनै कसर बाँकी राख्दैन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा – पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ ।