पोल्यान्डको सीमानजिक युक्रेनी सैनिक केन्द्रमा रुसको आक्रमण « Khabarhub

पोल्यान्डको सीमानजिक युक्रेनी सैनिक केन्द्रमा रुसको आक्रमण


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले पोल्यान्डको सीमानजिक रहेको युक्रेनी शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेका छन् । रुसी फौजले पोल्याण्डको सीमानजिक रहेको याभोरिभ शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा केन्द्र नामक सैनिक केन्द्रमा आक्रमण भएको जनाइएको छ ।

रुसी फौजले त्यहाँ ३० भन्दा धेरै रकेट हमला गरेका थिए । आक्रमणमा ९ जनाको मृत्यु भएको र अरु ५७ जना घाइते भएको लभिभ क्षेत्रका गभर्नर माक्सिम कोजेत्स्कीले जानकारी दिएका छन् । उद्धारकर्ता तथा अग्नि नियन्त्रकहरू त्यहाँ लागेको आगो निभाउन खटिरहेको जनाइएको छ ।

उक्त केन्द्र पोल्यान्डको सीमाभन्दा केबल १० किलोमिटरको दूरीमा छ । २९० वर्गकिलोमिटर क्षेत्रफलमा रहेको उक्त केन्द्रमा १,७९० जनासम्म रहने व्यवस्था रहेको समाचार छ । यद्यपि रुसी आक्रमणका बेला त्यहाँ कति जना थिए भन्नेबारे केही खुलाइएको छैन ।

युक्रेनी तथा युक्रेनका नेटो साझेदार मुलुकका सैनिकलाई तालिम दिने काममा उक्त सैनिक केन्द्र प्रयोगमा रहेको जनाइएको छ । आक्रमणका बेला त्यहाँ अन्तर्राष्ट्रिय सैनिक प्रशिक्षकहरू पनि उपस्थित रहेको युक्रेनी रक्षामन्त्री ओलेक्सेई रेज्निकोभले जानकारी दिएका छन् । यद्यपि सबै पीडितहरूको पहिचान भने गोप्य राखिने उनको भनाइ छ ।
(बीबीसीबाट)

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ४४ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार