पोल्यान्डको सीमानजिक युक्रेनी सैनिक केन्द्रमा रुसको आक्रमण | Khabarhub Khabarhub

पोल्यान्डको सीमानजिक युक्रेनी सैनिक केन्द्रमा रुसको आक्रमण


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले पोल्यान्डको सीमानजिक रहेको युक्रेनी शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेका छन् । रुसी फौजले पोल्याण्डको सीमानजिक रहेको याभोरिभ शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा केन्द्र नामक सैनिक केन्द्रमा आक्रमण भएको जनाइएको छ ।

रुसी फौजले त्यहाँ ३० भन्दा धेरै रकेट हमला गरेका थिए । आक्रमणमा ९ जनाको मृत्यु भएको र अरु ५७ जना घाइते भएको लभिभ क्षेत्रका गभर्नर माक्सिम कोजेत्स्कीले जानकारी दिएका छन् । उद्धारकर्ता तथा अग्नि नियन्त्रकहरू त्यहाँ लागेको आगो निभाउन खटिरहेको जनाइएको छ ।

उक्त केन्द्र पोल्यान्डको सीमाभन्दा केबल १० किलोमिटरको दूरीमा छ । २९० वर्गकिलोमिटर क्षेत्रफलमा रहेको उक्त केन्द्रमा १,७९० जनासम्म रहने व्यवस्था रहेको समाचार छ । यद्यपि रुसी आक्रमणका बेला त्यहाँ कति जना थिए भन्नेबारे केही खुलाइएको छैन ।

युक्रेनी तथा युक्रेनका नेटो साझेदार मुलुकका सैनिकलाई तालिम दिने काममा उक्त सैनिक केन्द्र प्रयोगमा रहेको जनाइएको छ । आक्रमणका बेला त्यहाँ अन्तर्राष्ट्रिय सैनिक प्रशिक्षकहरू पनि उपस्थित रहेको युक्रेनी रक्षामन्त्री ओलेक्सेई रेज्निकोभले जानकारी दिएका छन् । यद्यपि सबै पीडितहरूको पहिचान भने गोप्य राखिने उनको भनाइ छ ।
(बीबीसीबाट)

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ४४ बजे

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट