के युक्रेन युद्धले पुटिनको पतन गराउँछ ? यसकारण सफल हुन सकेको छैन रुसी सेना ? | Khabarhub Khabarhub

युक्रेनमाथि रुसी आक्रमण

के युक्रेन युद्धले पुटिनको पतन गराउँछ ? यसकारण सफल हुन सकेको छैन रुसी सेना ?



युद्ध शुरु हुनुअघि उच्च आत्मविश्वासमा देखिएका रुसी सुरक्षा रणनीतिकारहरूको अनुहार अहिले युद्धमा बढ्दो क्षतिले मलामी जाँदाको शोकमा जस्तो देखिन थालेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गर्ने आदेश दिनुभन्दा तीन दिन अघि रुसी सुरक्षा परिषद्को बैठकको अध्यक्षता गरेका थिए। पुटिन आफैँ एक प्रतिभाशाली रणनीतिकार रहेको देखाउन रुसी सरकारी टेलिभिजनबाट प्रसारित भिडियो धेरै कोणबाट चाख लाग्दो थियो।

पुटिनले रुसको उच्च तहका आफ्नै सबैभन्दा नजिकका सल्लाहकारहरूलाई ३० फिटभन्दा टाढा राखेर एउटा तानाशाही राजदरबारमा भन्दा भद्दा देखिने किसिमले ब्रिफिङ लिइरहेका थिए नकी सङ्कटमोचन गर्ने गोप्य सुरक्षा बैठकको ढाँचामा। दरबारका कारिन्दाले राजाले सुन्न चाहेको जस्तो रुसी सुरक्षा रणनीतिकारहरूले बोलेको भनाइ  हेर्दैमा टिठलाग्दो थियो। भिडियोमा पुटिनको आक्रोश र कुण्ठा भने सबैले बुझिने खालको थियो।

आफ्ना सदस्यहरूलाई युक्रेनका रुस समर्थक पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनुपर्छ कि भनेर सोधेका थिए। पुटिनले त्यो भिडियो सार्वजनिक गरी रुसमा एकता रहेको लगायत देखाउने उद्देश्य राखेका थिए तर प्रसारण हुँदा निकै अव्यवस्थित देखियो। राष्ट्रिय सुरक्षाका महत्वपूर्ण व्यक्तिहरूलाई एक एक गरेर युक्रेनमा आक्रमण गर्न दबाब दिइने किसिमले केरकार गरिएको थियो जुन आधुनिक सरकारमा बिरलै मात्र देख्न पाइन्छ।

बैठकमै विदेशी गुप्तचर सेवाका प्रमुख सर्गेई नारीस्किन अक्मकिए या आमरूपमै देखिने गरी नै ठेस खाए । नारीस्किनलाई पुटिनले सार्वजनिक रुपमै केरकार गरिरहे र आफुले चाहेजस्तो स्पष्ट जवाफ पाएपछि बस्न अनुमति दिए। केजीबीकालदेखिका पुटिनका मित्र नारिस्किन धेरै अस्पष्ट देखिएका थिए तर पुटिनले चाहेको कुरा सुनाउनु उनको बाध्यता थियो।

गुप्तचर निकाय हरेक देशको आँखा र कान हो तर पुटिनले सार्वजनिक स्थानमै त्यति ठूलो आक्रमणको पूर्वसन्ध्यामा आफ्ना गुप्तचरको सार्वजनिक बदनामी गराए। यो प्रकरणले पुटिनमा पलाएको घमण्ड, क्रोध र रुसी शक्तिप्रतिका अति आत्मविश्वास देखाएको थियो। पुटिन युक्रेनलाई तत्काल कब्जामा लिइ चाहेको जस्तो कठपुतली सरकार बनाएर क्रिमिया कब्जा गराएर बढाएको जस्तो छबी निमार्ण गर्न हतारिएका थिए।

वास्तवमा पुटिनले आफुप्रति बफादार युक्रेनी राष्ट्रपति भिक्टर यनोकोभिचको बर्खास्तीसंगै आक्रमणको योजना सन् २०१४ देखि नै तयार पारेर बसेका थिए। अहिलेनै आफ्नो वर्षौंदेखि थाती रहेको योजना कार्यान्वयन चाहेका थिए। सुरक्षा बैठकको दृष्य बाहिरिँदा महिनौदेखि रुसले युक्रेनमाथि पूर्ण युद्धको तयारी गरिरहेकोमा विश्वस्त रहेका पश्चिमा विश्वका अधिकारीहरु तत्कालै युक्रेनमाथि हमलामा विश्वस्त थिए। महिनौंदेखिको प्रत्यक्ष तयारी र वर्षौंदेखिको योजनाका कारण युक्रेन रुससंग २ दिनभन्दा धेरै नटिक्ने उनीहरुको आँकलन थियो। यता पुटिनको आत्मविश्वास यति धेरै थियो की उनले युक्रेनमा युद्ध समेत हुने ठानेका थिएनन र विशेष सैन्य कार्वाहीको रुपमा मात्र अथ्यार्एका थिए।

सहजै र तुरुन्तै जितिने आकलनसहित जुन उद्देश्यले पुटिनले युद्धको सुरु गरेका थिए परिणाम उल्टो आएसंगै उनको छवी नै धुमिल बन्दै गएको छ। आफ्नो शक्तिमा अति विश्वस्त रहेका पुटिनको योजना युक्रेनीको कठोर प्रतिरोधले एक दिन नबित्दै चकनाचुर बनाइदियो। त्यसपछिको रुसी बैठकहरु मलामी जाँदाको मान्छेको अनुहारहरु जस्तो देखिएको छ। स्वतन्त्र विश्लेषकहरु रुसले आक्रमणमा प्रयोग गरेका दश प्रतिशतभन्दा बढी सेना र हातहतियार गुमाइसकेको ठान्छन्। रुसले युद्धमा अधिक क्षति बेहोरिरहेको छ र स्थल कार्वाही सफलता पूर्वक अगाडी बढ्न नसकेपछि व्यापक ठूला हतियारहरुको प्रयोग बढाइरहेको छ।

रुसी सेना युक्रेन आक्रमणको शुरुवातदेखि नै आपूर्ति र बन्दोबस्तीमा असफल भए। शुरुमै विशेष सैन्य कारवाहीमा किभ नजिकै रहेको रणनीतिक बिमानस्थल होस्टोमेलमा नियन्त्रणमा लिएपनि युक्रेनी सेनाले पुन नियन्त्रणमा लिएपछि रुसी सेनाको योजनामा आपूर्ति प्रणालीनै अस्तव्यस्त हुन पुग्यो।

सैनिकको व्यवस्थापनका लागि सम्पूर्ण आपूर्ति सडक मार्गमा निर्भर भएसँगै युक्रेनी सेनाले सहजै रुसी सैनिकहरूलाई एम्बुसमा पार्न र मार्न सफल भए। शुरुकै रणनीतिमा असफल भएको रुसी सेनाले मानवीय र सैन्य सामाग्रीमा मात्र ठूलो क्षति बेहोरेन रुसी सेनाको खाद्यान्न लगायतको प्रबन्ध हुन नसक्दा लुटपाटमा समेत संलग्न हुन पुगे।

युक्रेनको हवाई क्षेत्रमाथि सम्पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएकाले पनि रुसको युद्ध खर्च अत्याधिक बढिरहेको छ। पुटिनको चाहना केही घण्टाको सैन्य कारबाहीबाटै युक्रेनमाथि नियन्त्रणमा लिने र आफ्नो कठपुतली सरकार खडा गर्नु रहेको थियो। रुसी सेनाले केही घण्टाभित्रै युक्रेनको हवाई क्षेत्र सम्पूर्ण रुपमा नियन्त्रणमा लिने र तत्कालै आफ्ना सैनिक, हतियार तथा बन्दोबस्तीका सामाग्रीहरू छिटो तैनाथ गराउँनु रहेपनि असफल बन्न पुग्यो। योजना विपरीत युक्रेनीको सशक्त प्रतिकार, ठूलो सैन्य क्षति तथा चार सातासम्म पनि युक्रेनमाथि नियन्त्रण गर्न नसकेपछि रुसले अत्याधिक क्षेप्यास्त्र तथा भारी हतियारहरू प्रहार गरिरहेको छ।

युक्रेनीहरुले रुसको ट्याङ र बन्दोबस्तीका सामाग्रीमा पुराएको अत्याधिक क्षति ट्याङ्क प्रतिरक्षात्मक अस्त्रहरूको प्रयोगबाट भएको हो। अमेरिका र उस्का साझेदारबाट प्राप्त ट्याङ्क प्रतिरक्षात्मक क्षेप्यास्त्रहरू, चालकरहित बिमान ड्रोनको प्रयोग, लडाकु विमान प्रतिरक्षात्मक प्रणालीहरूको प्रयोगले गर्दा रुसले युक्रेनमा आफ्ना हवाई नियन्त्रणमा राख्न असफल भइरहेको छ।

के युक्रेन आक्रमण पुटिनको पतनको मार्ग हो ?

पुटिन युक्रेनलाई फरक देश नै ठान्दैनन्। उनी युक्रेन आफ्नो कठपुतली हुनुपर्ने र पुरानो सोभियत संघको विरासत फर्काउन तल्लिन भएकाले नै दुर्घटनामा परेका हुन्। रुसको राजधानी मस्कोमा बस्तीनै सुरु नहुँदा युक्रेनको राजधानी किभ शहरको रुपमा बिकसित भइसकेको थियो। युक्रेन आक्रमण पुटिनको पतनको सुरुवात पनि हो। पुटिनको उदय नै संकट र युद्धबाटै सफल भएको थियो भने युक्रेनमाथिको युद्धको भारले उनको शासनलाई नै पतन गराउने विश्लेषण गर्न थालिएको छ।

सत्तामा आएदेखिकै सेनालाई मुख्य महत्व दिएका पुटिनले रुसी सेनाको आधुनिकीकरणका विभिन्न प्रयासहरू सुरु गरेका तथा सिरिया लगायत देशहरूको युद्धमा समेत संलग्न भएकाले आफ्नो देशको सेनाप्रति निकै ठूलो विश्वास गरेपनि परिणाम भन्दै उल्टो आएको छ। रुसी सेना संसारकै सबैभन्दा शक्तिशाली मध्य एक हो। तर रुसी सेना युद्धकार्य तथा स्थलमा सामर्थ्य या क्षमता भने देखाउन सकेको छैन। रुसी सेनाको क्षमता चेचेनयुद्धदेखि, जर्जिया, सिरिया हुँदै युक्रेनसम्म आइपुग्दा निराशाजनक अबस्थामा पुगेको छ।

रुसी सेना एक व्यवसायिक आधुनिक सेना भन्दापनि पुटिन कार्यकालमा संसारकै बद्नाम दमनकारी तानाशाहको सत्ता टिकाउँने औजार बनेको छ। रुसी सेनाले सिरियामा बसर अल असदको सत्ता टिकाउँनेदेखि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सत्ता रक्षा गर्न परिचालन गरिएको थियो।

पुटिनसंग निकट रुसी कठपुतली सरकारहरू जोगाउने बाहेक रुसी सेनाको खासै व्यसायिक छवि छैन। रुसी राष्ट्रपति पुटिनले काजकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभको सत्ता जोगाउँन सन् २०२२ जनवरीको पहिलो साता रुसी सेना तैनाथ गरिदिएका थिए। युरोपकै अन्तिम तानाशाह रहेका बद्नाम बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को सत्ता जोगाउँन तैनाथ भएको थियो। प्रजातान्त्रिक आन्दोलनलाई रुसी सेनाकै आडमा बेलारुसी सैनिकले दमन गरेका थिए।

सन् २०२० अगस्ट मा बेलारुसमा धाँधलीपूर्ण राष्ट्रपति चुनावमा लुकाशेन्को बिजयी बनेको घोषणा गरेपछि हजारौँ बेलारूसी जनता सडकमा उत्रेका थिए। तर रुसी सेनाको सहयोगमा दमन गरिएको थियो। सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया कब्जा गर्दा कुनै क्षति नभएकाले रुस यसपटकका युक्रेन कब्जामा पनि अति उत्साहित बनेको थियो।

वास्तवमा रुस अमेरिकासँगको सैन्य प्रतिष्पर्धी नै होइन। रुसको सैन्य खर्च अमेरिकाको तुलनामा जम्मा ८ प्रतिशतमात्र या ६२ अर्ब अमेरिकी डलर रहेको छ। युक्रेनमाथि हमलाले रुसी अर्थतन्त्रनै तहस नहस हुने गरी आर्थिक नाकाबन्दी सामना गरेकाले रुसले आफ्नो सैनिकमा लगानी बढाउँन नसक्ने अवस्था सृजना भएको छ।

उता युक्रेनमाथिको सैन्य हमलासँगै अमेरिकी संसद्ले रक्षा बजेट बढाउँदै ७ सय ८३ पु-याएको  छ। संसद्ले एकैसाथ झण्डै ४० अर्ब अमेरिकी डलरले रक्षा बजेट बढाएको हो। युरोपको रक्षा खर्च पनि रुसको तुलनामा चारगुणा छ र अर्थतन्त्र समेत मजबुत छ।

रुसको अर्थतन्त्र निकै खराब अवस्थामा पुगेको छ। सैन्य क्षतिका कारण अझ धेरै रकम खर्च हुनेछ। क्राइमिया कब्जा गरेको रुसको त्यहाँपनि धेरै खर्च भइरहेको छ। हालै रुस समर्थित राज्यहरू लुहान्स्क र डोनेट्स्कलाई छुट्टै राज्यको मान्यता दिने कदम उठाएको छ र त्यहाँपनि खर्च गर्नुपर्ने बाध्यतामा छ।

बेलारुसमा जस्तै आफैँले नचाउने कठपुतली सत्ता स्थापना गर्ने महत्वकांक्षाले युक्रेनमा हात हालेका पुटिनका लागि यो युद्ध आफ्नै शासनका लागि खतराको घण्टी बन्न पुगेको छ। रुसी अर्थतन्त्र मात्र होइन सिङ्गो समाजनै युक्रेन युद्धले नराम्ररी विभाजित भएको छ। संकट बढेपनि पुटिनसँग बलिया रणनीतिक साझेदाहरु छैनन् आफैँ रहेका कठपुतली सत्ता आफैँ कम्जोर रहेकाले पुटिनलाई उद्दार गर्नसक्ने आर्थिक, सैनिक, राजनीतिक र कुटनीतिक तागत छैन। पुटिन कम्जोर बन्दा उनीहरुको समेत सत्ता हल्लीनेछन्।

पुटिन अहिले पश्चिमा विश्वमा अछुतजस्तो बनेका छन्। पश्चिमा देशहरूको बढ्दो प्रतिबन्धहरूले रुसको अवस्था अस्तव्यस्त बन्न पुगेको छ। रुसको अवस्था आफैँमा दयनीय हुँदै गएकाले पुटिनले युक्रेनमा युद्ध जितेपनि लामो समयसम्म नियन्त्रणमा लिनसक्ने आर्थिक र राजनीतिक सामर्थय क्षण हुन थालेको छ। रुसी जनतामा बढेको कठिनाइले बिद्रोह या कुनै अबस्थाबाट पुटिन शासननै संकटमा पर्न सक्ने आँकलनहरु गर्न थालिएको छ।

युद्धको क्षतिले सेनाले समेत पुटिनको महत्कांक्षालाई लामो साथ दिने अवस्था आउँदैन। पुटिन निकट धनाड्यहरु पश्चिमा देशहरूको निशानामा परेकाले उनको अर्थतन्त्रको मेरुदण्डनै केही महिनामा भाँचिने अवस्थामा पुग्नेछ। पश्चिमा देशहरुमा पुटिनप्रतिको भ्रम तोडिएकाले तथा उनीप्रति बफादार कुलिनहरूमाथि व्यक्तिगत प्रतिबन्ध भएकाले पुन विश्वासको वातावरण बन्ने सम्भावना क्षण बन्दै गएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ४४ बजे

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु

एजेन्सी – इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक

काठमाडौँका विभिन्न ठाउँमा तीन जनाको शव भेटियो

काठमाडौं – काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते

दोधारा चादनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा शनिबार भएको इजरायली हमलामा छ बालबालिकासहित १९

समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव 

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको