साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग « Khabarhub

साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाममा अलपत्र ८ नेपालीलाई खाद्यान्न सहयोग गरेको छ। विगत ६ महिना अघि काठमाडौँमा रहेको विसडम ह्युमन मेनपावरमार्फत हेभी ड्राइभरमा त्यहाँ पुगेका ८ नेपाली अलपत्र परेका हुन्।

खानसमेत नपाएका नेपाली ड्राइभरहरुले नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानलाई पासपोर्ट वितरण भेटेका थिए।

नेपालीले जनसम्पर्क पासवानलाई आफूलाई रोजगारदाता कम्पनीले अलपत्र राखिएका नेपालीलाई खाद्यान्न सहयोग गरिएको एनआरएनएले जनाएको छ।

उनीहरुलाई पठाउने मेनपावर कम्पनीबाट सोधभर्ना हुनेगरी तत्काल खाद्यान्न सामग्री उपलब्ध गराउन एनआरएनए साउदी अरबका अध्यक्ष डमरकुमार यादव, उपाध्यक्ष रबिना अर्याल गैर मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल र दूतावासका जनसम्पर्क अधिकारी पासवानसहितको संयुक्त टोलीले पीडितलाई भेटेर दुई हप्तासम्म पुग्ने खाद्यान्न सामाग्री उपलब्ध गराएको हो।

एनआरएनएले पीडितलाई अलपत्र पर्ने विसडम ह्युमन मेनपावरलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही गर्न र पिडितको स्वदेश फिर्ती , न्याय र क्षतिपूर्ति दिलाउनका लागि सरोकारवाला निकायसँग मागसमेत गरेको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ४५ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको