साउदीमा अलपत्र १४५ नेपाली भन्छन्- बाथरुमको पानी खान बाध्य छौं ! | Khabarhub Khabarhub

साउदीमा अलपत्र १४५ नेपाली भन्छन्- बाथरुमको पानी खान बाध्य छौं !



दोहा– रोजगारीका लागि साउदी अरब पुगेका १४५ नेपाली युवा अलपत्र परेका छन्। सम्झौता अनुसारको काम र तलब नपाएको र आफूलाई एउटा काम भनेर साउदी पठाएको तर यहाँ आएपछि अर्कै काम गर्नु परेको उनीहरुले बताएका छन्।

काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४० दिनअघि इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेका उनीहरु रियाद एक नम्बर सुलाईमा अलपत्र परेका हुन्।

आइतबार साँझ एक भिडियो सन्देश सार्वजनिक गर्दै उनीहरुले सम्झौता अनुसारको काम र तलब दिलाउन नसके आफूहरुलाई नेपाल फर्काउन र फसेको पैसा फिर्ता गर्न माग गरेका छन्।

‘मेनपावरले भनेर हिजो एक महिना काम गरेको तलव लिन अफिस गरेका थियौ, हामी पाउनुपर्ने तलव १४ सय साउदी रियाल हो। तर, सात सय रियाल मात्र दिन्छौ भनेको थियो। त्यो पनि दिएन्’, उनीहरुले भने, ‘मेनपावरलाई फोन गर्दा हामी समस्या समाधान गर्छौ मात्र भन्छ। तर, अहिलेसम्म यत्रो हारगुहार गर्दा पनि केही गरेको छैन।’

अहिले आफूहरुसँग बस्ने ठाउँ मात्र भएको र खानाको पनि समस्या भएको उनीहरुको भनाइ छ। बाथरुमको पानी पिउन बाध्य भएको उनीहरुले बताएका छन्। म्यानपावर कम्पनीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको तर, त्यहाँ पुगेपछि बेल्चा र झाडु बोकाएर सडकमा सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन्।

ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएको सोनाहाङ्ग राईले जानकारी दिए। ‘घरबाट सयकडा ३ रुपैयाँको ब्याजमा ऋण काढेर राम्रो कमाई हुने आसमा यहाँ आएका थियौँ, यहाँ आएर न सम्झौता अनुसारको काम पाइयो न त दाम नै’, सोनाहाङ्ग भने, ‘अब कसरी ऋण तिर्ने हो ?’

‘पटक–पटक जानकारी गराउँदासमेत कुनै वास्ता नगरेको म्यानपावर कम्पनीले पछिल्लो समय त फोन नउठाउने र नम्बर ब्लक लिस्टमा राखिदिएको छ’, उनले भने। सम्झौता पत्रमा १ हजार लेखिएको भए पनि म्यानपावरले १ हजार ४ सय साउदी रियाल दिन्छ भनेको उनको भनाइ छ। ‘हामीले सम्झौता पत्रमा पनि सिग्नेचर गरेनौँ म्यानपावर आफैँले गरिदिएको हो,’सोनाहाङ्ग थपे।

अहिले काम बन्द गरेर सबै जना केही दिनदेखि कोठामै बसिरहेको उनीहरूले बताएका छन्। रियादस्थित नेपाली दूतावासलाई समस्या बारे जानकारी गराए पनि कुनै पहल नगरेको उनीहरुले गुनासो गरेका छन्।

‘आफै साउदी गएर समस्या समाधान गर्छु’

साउदीमा अलपत्र १४५ नेपाली बारे आफू जानकार रहेको बताउदै ब्लु ग्यालेक्सी ओभरसीजका संचालक भनिएका श्याम हरि अर्यालले समस्या समाधान गर्न आफै साउदी अरब जान लागेको बताए।

‘हामीले इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीमा आर्मी क्याम्प, स्कुललगायत सरकारी कम्पाउण्डको भित्रको सरसफाई कामको लागि पठाएका हौँ, मैले ती भाइहरुलाई जानु भन्दाअघि पनि भनेको थिए, कम्पनीले अकामा र एटीएम कार्ड नबन्दसम्म टाइमा तलव नआउने पनि सक्छ ’ अर्यालले खबरहबसंग भने, ‘कम्पनीले अकामा र एटीएम कार्ड दिएको खण्डमा पनि त्यस्तो भए म तुरुन्तै साउदी पुगेर समस्या समाधान गर्छु भनेको थिए।’

अहिले कम्पनीबाट आवासमा केही कमजोरी भएको भन्ने जानकारी आएको छ र आफू अब चांडै साउदी गएर समस्या हल गर्ने उनले बताए। ‘म आउदै छु भन्दाभन्दै त्यहाँ भाइहरुले काम रोकेर अलिक समस्या उत्पन्न गरे, अब म त्यहाँ पुगेर काम र तलव लगायत सबै समस्या गर्छु’, उनले थपे।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : १७ बजे

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले