एमाले रुकुमपूर्वको अध्यक्षमा टोपबहादुर ओली « Khabarhub

एमाले रुकुमपूर्वको अध्यक्षमा टोपबहादुर ओली


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- नेकपा (एमाले) को  रुकुमपूर्वमा नयाँ जिल्ला कार्य समिति चयन भएको छ ।

एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । ओली यसअघि पनि जिल्ला कार्य समितिको अध्यक्ष रहेका थिए  ।

नयाँ जिल्ला कार्य समितिको उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना बीसी र तेजेन्द्र बुढा चयन भएका छन् । उपसचिव बुढा पनि जिल्ला कार्यसमितिको पुरानै अनुहार हो । पदाधिकारीमा उपाध्यक्ष, सचिव र महिला उपसचिव नयाँ आएका छन् । 

रुकुमकोटमा फागुन २७ गते उद्घाटन भएको एमालेको आठौँ अधिवेशनले चार दिनसम्मको निरन्तर छलफलपछि नयाँ कार्य समिति टुङ्ग्याएको हो ।

एमालेले केही हिमाली जिल्लामा बाँकी राखेर अन्य सबै जिल्लामा गएको पुस २३ गते जिल्ला अधिवेशन गरेको थियो ।

यस जिल्लमा पाँच पदाधिकारीसहित ६५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने भनिए पनि आकांक्षीहरू धेरै भएपछि ९५ जनाको जिल्ला कार्य समिति बनाइएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ३९ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित