टीभीमा प्रत्यक्ष समाचार चल्दै गर्दा पछाडिबाट सम्पादक चिच्याइन – ‘युद्ध बन्द गर’ « Khabarhub

टीभीमा प्रत्यक्ष समाचार चल्दै गर्दा पछाडिबाट सम्पादक चिच्याइन – ‘युद्ध बन्द गर’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । यससँगै रुसले आन्तरिक रुपमा पनि मिडियामाथिको सेन्सरसिपलाई कठोर पार्दै लगेको छ । रुसी सञ्चारमाध्यममा युक्रेनमा जारी आक्रमणलाई बल पुग्ने र सोही अनुसार जनभावना विकास गर्ने किसिमका सामग्री मात्रै प्रसारण हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बताउँछन् ।

तर, सोमबार भने रुसको सरकारद्वारा सञ्चालित च्यानल १ टेलिभिजनको समाचार कार्यक्रम प्रसारणको बीचमै एकजना महिलाले युद्धविरोधी नारा लेखिएको प्लेकार्ड प्रस्तुत गरेकी छिन् ।

प्रस्तोताले समाचार वाचन गरिरहेको समयमा टेलिभिजनकै स्क्रिनमा आउने गरी सोही च्यानलमा कार्यरत सम्पादक मारिना ओभ्स्यान्निकोभाले युद्धविरोधी नारा लेखिएको प्लेकार्ड प्रस्तुत गरेकी हुन् ।

उनले लेखेको प्लेकार्डमा ‘युद्ध बन्द गर, प्रोपोगण्डाको विश्वास नगर, उनीहरूले ढाँटिरहेका छन् ।’ लेखिएको थियो । समाचार भन्दा भन्दै उनले चिच्याएर ‘युद्ध बन्द गर, युद्ध बन्द गर’ भनेको सुनिएको जनाइएको छ । लगत्तै टेलिभिजनले उक्त समाचार बीचमै काटेर पूर्व रेकर्डेड कार्यक्रम बजाउन थालेको थियो ।

उनलाई भने प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

(बीबीसीबाट)
 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १२ : २३ बजे

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको