ठूला दलका गलत क्रियाकलापले जनचाहना ओझेलमा पर्‍योः लिङ्देन « Khabarhub

ठूला दलका गलत क्रियाकलापले जनचाहना ओझेलमा पर्‍योः लिङ्देन


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन् ।

काठमाडौँमा आज राप्रपानिकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद्को घोषणा सभामा ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्ण रूपले असफल भएकाले कोर्स करेक्सन गरिनुपर्ने बताएका हुन् ।

उनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले यथास्थितिमा परिवर्तनको आवश्यकता रहेको बताए ।

नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने पनि लिङ्देनले बताएका छन् ।

उनले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भई तागत निर्माण गर्नुपर्ने बताए ।

राप्रपाले भूतपूर्व सैनिकको संगठनका रूपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद्को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ ।

परिषद्को सहअध्यक्षमा डीबी थापा, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरू, प्रदेश १ मा चन्द्रप्रसाद चापागाईं, मधेश प्रदेशमा रामबहादुर थापा, बागमती प्रदेशमा लवराज थापा मगर, गण्डकी प्रदेशमा रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा ईश्वरीप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेशमा ईश्वर थापा छन् ।

यसैगरी सचिवमा केवेन्द्रजङ्ग गुरुङ, सानुराम कटवाल, सुवर्ण रोक्का, तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा विष्णुबहादुर गिरी छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : २३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम