व्यवसायिक आचरणविपरीत काम गर्ने कम्पनीलाई विभागले तिरायो रु ४ करोड « Khabarhub

व्यवसायिक आचरणविपरीत काम गर्ने कम्पनीलाई विभागले तिरायो रु ४ करोड


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायिक आचरणविपरीत काम गर्ने कम्पनीलाई कारवाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हित विपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म-कम्पनीलाई कारवाही गर्दै रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको हो  ।

विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म- कम्पनीको अनुगमन गरेका थिए । विभागले दुई हजार ९७४, मातहतका पाँच कार्यालयले एक हजार ८०५ र जिल्ला प्रशासन कार्यालयले आठ हजार १५ फर्मको अनुगमन गरेको विभागले जनाएको छ ।

अनुगमनका क्रममा विभागले रु चार करोड ४७ लाख ८१ हजार २२१ मूल्य बराबरको खान अयोग्य म्याद समाप्त भएका अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ । सो अवधिमा ८० व्यावसायिक फर्मको कारोबार रोक्का र सिलबन्दी गरिएको विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

 विभागले चालु आर्थिक वर्ष २०७८/०८९ माघ मसान्तसम्म एक हजार ८१९ फर्मको अनुगमन गरेको थियो  । सो अवधिमा ८६३ फर्मलाई रु ८९ लाख ८० हजार जरिवाना तिराइएको थियो । विभागले रु २८ लाख ५५ हजार ३१८ बराबरको अखाद्य वस्तु नष्ट गरिएको उनले बताए ।

महानिर्देशक श्रेष्ठले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वय र सहकार्यमा बजार अनुगमन कार्यलाई गाउँ, टोल र बस्तीसम्म विस्तार गर्ने रणनीति अवलम्बन गरेको बताएका छन् ।  

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ३६ बजे

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि