व्यवसायिक आचरणविपरीत काम गर्ने कम्पनीलाई विभागले तिरायो रु ४ करोड | Khabarhub Khabarhub

व्यवसायिक आचरणविपरीत काम गर्ने कम्पनीलाई विभागले तिरायो रु ४ करोड


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायिक आचरणविपरीत काम गर्ने कम्पनीलाई कारवाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हित विपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म-कम्पनीलाई कारवाही गर्दै रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको हो  ।

विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म- कम्पनीको अनुगमन गरेका थिए । विभागले दुई हजार ९७४, मातहतका पाँच कार्यालयले एक हजार ८०५ र जिल्ला प्रशासन कार्यालयले आठ हजार १५ फर्मको अनुगमन गरेको विभागले जनाएको छ ।

अनुगमनका क्रममा विभागले रु चार करोड ४७ लाख ८१ हजार २२१ मूल्य बराबरको खान अयोग्य म्याद समाप्त भएका अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ । सो अवधिमा ८० व्यावसायिक फर्मको कारोबार रोक्का र सिलबन्दी गरिएको विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

 विभागले चालु आर्थिक वर्ष २०७८/०८९ माघ मसान्तसम्म एक हजार ८१९ फर्मको अनुगमन गरेको थियो  । सो अवधिमा ८६३ फर्मलाई रु ८९ लाख ८० हजार जरिवाना तिराइएको थियो । विभागले रु २८ लाख ५५ हजार ३१८ बराबरको अखाद्य वस्तु नष्ट गरिएको उनले बताए ।

महानिर्देशक श्रेष्ठले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वय र सहकार्यमा बजार अनुगमन कार्यलाई गाउँ, टोल र बस्तीसम्म विस्तार गर्ने रणनीति अवलम्बन गरेको बताएका छन् ।  

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ३६ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी