कर्नाटक उच्चअदालतको आदेशपछि विद्यार्थीहरू भन्छन् – ‘बरु पढाई छाडिन्छ, हिजाब छाडिन्न’ « Khabarhub

कर्नाटक उच्चअदालतको आदेशपछि विद्यार्थीहरू भन्छन् – ‘बरु पढाई छाडिन्छ, हिजाब छाडिन्न’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दक्षिणी राज्य कर्नाटकको उच्च अदालतले कक्षाकोठामा हिजाब लगाउन राज्य सरकारले लगाएको प्रतिबन्धलाई सदर गरेको छ । कर्नाटकको उच्च अदालतका प्रधान्यायाधीश ऋतुराज अवस्थीले मुसलमान महिलाले लगाउने हिजाब इस्लाम धर्मको अभिन्न अङ्ग नभएको फैसला सुनाएको हो ।

अनिवार्य पोसाकसम्बन्धी व्यवस्था उचित रहेको भन्दै अदालतले स्कुल कलेजले तोकेको पोसाक लगाउन अस्वीकार गर्न नसक्ने समेत ठहर गरेको छ ।

कर्नाटक सरकारले राज्यमा कर्नाटक एजुकेसन एक्ट १९८३ को धारा १३३ लागू गरी सबै विद्यालयमा पोसाक अनिवार्य गरेको थियो । यसपछि केही विद्यार्थीले हिजाब लगाएर विद्यालय प्रवेश गर्न खोजेपछि विवाद शुरु भएको थियो ।

पछि विद्यार्थीहरु हिजाब आफ्नो धर्मको अनिवार्य हिस्सा रहेको भन्दै आफूहरूले कक्षाकोठामा हिजाब लगाउन पाउनुपर्ने भन्दै अदालत पुगेका थिए ।

केही विद्यार्थीहरुले भने बरु पढाई छाड्ने तर बिना हिजाब विद्यालय नआउने प्रतिक्रिया दिएको भारतको आज तक टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

यी विद्यार्थीहरूले उच्च अदालतको फैसलाका विरुद्ध सर्वोच्च अदालतमा अर्को याचिका दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ४९ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि