कर्नाटक उच्चअदालतको आदेशपछि विद्यार्थीहरू भन्छन् – ‘बरु पढाई छाडिन्छ, हिजाब छाडिन्न’ | Khabarhub Khabarhub

कर्नाटक उच्चअदालतको आदेशपछि विद्यार्थीहरू भन्छन् – ‘बरु पढाई छाडिन्छ, हिजाब छाडिन्न’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दक्षिणी राज्य कर्नाटकको उच्च अदालतले कक्षाकोठामा हिजाब लगाउन राज्य सरकारले लगाएको प्रतिबन्धलाई सदर गरेको छ । कर्नाटकको उच्च अदालतका प्रधान्यायाधीश ऋतुराज अवस्थीले मुसलमान महिलाले लगाउने हिजाब इस्लाम धर्मको अभिन्न अङ्ग नभएको फैसला सुनाएको हो ।

अनिवार्य पोसाकसम्बन्धी व्यवस्था उचित रहेको भन्दै अदालतले स्कुल कलेजले तोकेको पोसाक लगाउन अस्वीकार गर्न नसक्ने समेत ठहर गरेको छ ।

कर्नाटक सरकारले राज्यमा कर्नाटक एजुकेसन एक्ट १९८३ को धारा १३३ लागू गरी सबै विद्यालयमा पोसाक अनिवार्य गरेको थियो । यसपछि केही विद्यार्थीले हिजाब लगाएर विद्यालय प्रवेश गर्न खोजेपछि विवाद शुरु भएको थियो ।

पछि विद्यार्थीहरु हिजाब आफ्नो धर्मको अनिवार्य हिस्सा रहेको भन्दै आफूहरूले कक्षाकोठामा हिजाब लगाउन पाउनुपर्ने भन्दै अदालत पुगेका थिए ।

केही विद्यार्थीहरुले भने बरु पढाई छाड्ने तर बिना हिजाब विद्यालय नआउने प्रतिक्रिया दिएको भारतको आज तक टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

यी विद्यार्थीहरूले उच्च अदालतको फैसलाका विरुद्ध सर्वोच्च अदालतमा अर्को याचिका दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ४९ बजे

प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले

काठमाडौं – नायक सविन श्रेष्ठ र नायिका अनु शाहले विवाह

‘राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा’

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक

‘आँबाट आमा’ छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई

काठमाडौं – निर्देशक चन्द्र पन्तले फिल्म ‘आँबाट आमा’को छायाङ्कन सम्पन्न

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

पोखरा– मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ

रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

एजेन्सी– चालु महिनामा पश्चिमी रूसमा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेहरुको