तालिबानले घरैपिच्छे खानतलासी थालेपछि मानवअधिकारवादी चिन्तित | Khabarhub Khabarhub

तालिबानले घरैपिच्छे खानतलासी थालेपछि मानवअधिकारवादी चिन्तित


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको सत्तामा रहेको तालिबानले मानिसका घरमा पसेर खानतलासी लिने गरेको भन्दै मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले अफगानिस्तानमा तालिबानले मानिसहरको घरमा पसेर खानतलासी लिइरहेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

तालिबानले पूर्व सैनिक, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूमा काम गरेका व्यक्तिहरू र अरु मानिसहरूको घरमा पसेर खानतलासी लिने गरेको भारतको एएनआई समाचार संस्थाले जनाएको छ ।

गत महिनामात्रै तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले राजधानी काबुल र आसपासका क्षेत्रमा हतियार र अपराधीको खोजीका लागि ‘खानतलासी अभियान’ शुरु गरिएको जनाएका थिए ।

अधिकारवादी संस्थाहरूले भने यस्तो गतिविधिले भयको वातावरण सिर्जना भएको जनाएका छन् ।

विदेशी संस्था एवम् यसअघि सेनामा कार्यरत व्यक्तिका परिवारले भने तालिबानबाट पहिचान लुकाउन महत्वपूर्ण दस्तावेज, ल्यापटप, मोबाइल फोन जस्ता उपकरण नष्ट गर्न बाध्य भएको जनाइएको छ ।

(एएनआईबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ०४ बजे

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान

आइतबार एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ रद्द

 काठमाडौं– आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा