६ दशकपछि बैंकको खाता थाहा पाएर बैंक पुग्दा... | Khabarhub Khabarhub

६ दशकपछि बैंकको खाता थाहा पाएर बैंक पुग्दा…


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईँको कुनै न कुनै बैंकमा खाता होला । कतिपय बैंकका खाताको कारोबार पनि बन्द भएको होला । यसबारे तपाईंले खासै चासो नदिनु भएको पनि हुनसक्छ । स्कटल्याण्डकी एक महिलाले पनि यसै गरिन् तर जब उनी ६० वर्षपछि बैंक खाता हेर्न पुगिन् तब उनी चकित परिन् ।

६० वर्षसम्म पनि बैंक खाता नहेरेकी ती स्कटिस महिलाले आफ्नो ३.३५ डलरको निक्षेप बढेर ३३५ डलर पुगेको जानकारी पाइन् ।फिलिपिन्समा हुर्किएकी ७४ वर्षकी कारोल एलिसन आफू ६ वर्षको हुँदा हजुर आमासँग स्कटल्यान्डको भ्रमणमा गएकी थिइन् ।

हजुरआमाले उनलाई ट्रस्टी सेभिङ बैंकमा खाता खोल्न सहयोग गरेकी थिइन् । यो बैंकलाई हाल टीएसबीको नामले चिनिन्छ । उनको हजुरआमाको ८० वर्षको उमेरमा सन् १९६९ मा निधन हुनु पहिले निक्षेप रहेको बैंक खाता हस्तान्तरण गरेकी थिइन् ।

कारोलले हालैमा घरको सरसफाइका क्रममा बैंक खाता रहेको बुक फेला पारेकी थिइन् । उनले उक्त बुक बैंकमा लिएर गइन् र उनको खाता अझै पनि चालू अवस्थामै थियो । उनले ६ दशक भन्दा अगाडि ३.३५ डलर लगानी गरेको र हाल यो ३३५ डलर पुगेको पाएकी छन् ।

एलिसनले अन्य दुई बैंकहरुको पनि बुक खोजिरहेको र थप अनपेक्षित हुन सक्ने उनको आशा छ । उनलाई अन्य दुई बैंकमा कति रकम जम्मा छ भन्ने कौतुहल रहेको बताइन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ३३ बजे

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ