बसाइसराइ डरलाग्दो गरी भइरहेको छ : मन्त्री झाँक्री « Khabarhub

बसाइसराइ डरलाग्दो गरी भइरहेको छ : मन्त्री झाँक्री


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइसराइ सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् ।

उनले गाउँबाट सहरतिर बसोबास बढ्नु सहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् । उनले भनिन्, ‘जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइसराइ एकदमै डरलाग्दो छ ।’

लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना सहरबाट ठुला सहरतिर बसाइसराइको क्रम बढ्नु चुनौती रहेको बताइन् ।

बसाइसराइ कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले यसका लागि नीतिगत रूपमा नै व्यवस्था गर्न लागिएको बताइन् । सरकारको संयन्त्रले ‘एक्ला एक्लै काम गर्छौँ’ भन्ने सोच बदल्न आवश्यक रहेको बताउँदै झाँक्रीले मन्त्रालय नै एक अर्काका विरोधीजस्ता देखिएको बताइन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको सहरी नीति ल्याउनुपर्ने बताए । उनले देशका सुविधा सम्पन्न क्षेत्रमा जनसङ्ख्या बढिरहेको भन्दै अनुकूलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ४१ बजे

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ ।

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण