टाङ्गिया बस्तीमा दुई महिनाभित्र बिजुली पुर्‍याउने ऊर्जामन्त्री भुसालको प्रतिबद्धता « Khabarhub

टाङ्गिया बस्तीमा दुई महिनाभित्र बिजुली पुर्‍याउने ऊर्जामन्त्री भुसालको प्रतिबद्धता


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली पुर्‍याउने प्रतिबद्धता जनाएकी छन्।

आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वनको चरणमा पुर्‍याइएको जानकारी दिएकी हुन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन । विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो । वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ ।

नवलपुरको सबस्टेशन उद्घाटका लागि सर्लाही जाँदा मन्त्री भुसाल मङ्गलबार टाङ्गिया बस्तीमा समेत पुगेकी हुन् । उनले यहाँका जनताका घरमा चाँडै बिजुलीको उज्याले पुग्ने प्रतिबद्धता व्यक्त गर्दै बिजुलीको उज्यालोमा बस्न पाउनु जनताको मौलिक अधिकार भएको बताइन्।

टाङ्गिया बस्तीमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर गरीसकेको जानकारी गराउँदै मन्त्री भुसालले भनिन्, ‘यहाँका जनताले अब बढीमा दुई महिनाभित्र राष्ट्रिय प्रशारण लाइनको बिजुली बाल्न पाउनेछन् ।’ आफ्नो अधिकार पाउनका लागि निरन्तर आवाज उठाउन सुझाव दिँदै उनले जनताको आवश्यकतानुसार सबै क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने बताइन् । मन्त्री भुसाले भनिन्, ‘अहिलेसम्म अध्यारोमा बसेर दुःख पाउनुभयो, अब ऊज्यालोमा बस्न पाउनु हुनेछ । हामी पर्याप्त विद्युत दिन्छौँ, भान्सा, कृषि, उद्योग र सबै यातायातका क्षेत्रमा विद्युत प्रयोग गर्नुहोस् ।’

टाङ्गिया बस्तीका करिब एक हजार ५०० घरधुरीको विद्युतीकरणका लागि रु दुई करोड ६० लाख बजेट विनियोजन गरिएको छ । मन्त्री भुसालले बजेट अपुग भएमा थप रकमको व्यवस्था गरेर भए पनि विद्युतीकरण कार्यक्रम पूरा गर्ने विश्वास दिलाइन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ५३ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६