युक्रेनमा झण्डै हरेक सेकेन्ड एक बालबालिका शरणार्थी बन्छन् – संयुक्त राष्ट्रसंघ | Khabarhub Khabarhub

युक्रेनमा झण्डै हरेक सेकेन्ड एक बालबालिका शरणार्थी बन्छन् – संयुक्त राष्ट्रसंघ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बालबालिका युद्धको कारण शरणार्थी बन्न बाध्य हुन थालेको संयुक्त राष्ट्र मानवीय संगठनहरूले जनाएका छन् ।

रूसी आक्रमण सुरु भएदेखि अहिलेसम्म यस देशबाट भागेका मानिसहरूको संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्याङ्क छ । 

‘अहिले युक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ ।’ अन्तर्राष्ट्रिय आप्रवासी संगठन आईओएम का प्रवक्ता पल डिलनले जानकारी दिए । उनका अनुसार यिमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक छन् ।

फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । पछिल्ला २० दिनका दौरान युक्रेनमा हरेक दिन ७० हजार भन्दा बढी केटाकेटी शरणार्थी बन्न बाध्य छन् । 

संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने, ‘हरेक मिनेट ५५ जना बालबालिका युक्रेन छोडेर विदेशिने गरेका छन् ।’

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन यूएन न्युज ले उल्लेख गरेको छ । युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ । 

प्रवक्ता एल्डरले भने, ‘मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी, पोल्याण्डको मेडिका गाउँदेखि युक्रेनको राजधानी किभसम्म त्यताबाट आएको बताउने हजारौँ मानिसहरू बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ । उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए ।’

उनले भने, ‘अवश्यपनि, अधिकांश मानिसहरू अद्भूत मनसाय र ठूलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ ।’

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ४ : ४४ बजे

कृषिमन्त्रीले भने- कृषकलाई दिइने सहुलियत र सेवा प्रवाहमा क्रमिक सुधार भएको छ

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको

संविधान संशोधनभन्दा समीक्षा गर्न आवश्यक : नेता नेम्वाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र

श्रावणको पहिलो सोमबार म्याग्दीको गलेश्वरधाममा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको

ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि…

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !

काभ्रे– काभ्रेमा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको