होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध  « Khabarhub

होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले होली पर्वमा कसैको इच्छा विपरीत रङ नदल्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले होली पर्वमा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, रासायनिक पदार्थ छयाप्ने जस्ता कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न अनुरोध गरेको हो  ।

 जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने क्रियाकलाप नगर्न सचेत गराएको छ  ।

सुर्खेत लगायतका पहाडी जिल्लामा बिहीबार होली मनाइँदैछ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फागु पर्वका अवसरमा अराजक गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् ।

होली फागु पर्वमा गर्न नपाइने क्रियाकलापबारे सचेत गराएका छौं,” उनले भने अटेर गरी कानुनले बन्देज गरेका गतिविधि भएको पाइएमा कारबाही गर्न बाध्य हुनेछौँ ।

 प्रशासनले होली मनाउने क्रममा इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, बाटोमा ढुकेर फोहर पानी, रासायनिक पदार्थ छयाप्ने, बाटो अवरुद्ध हुने गरी सवारीसाधनबाट रकम असुल्ने लगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ४ : ५२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्