चिनियाँ पानीजहाजका कारण सिएरा लियोनको मत्स्य उद्योग सङ्कटमा | Khabarhub Khabarhub

चिनियाँ पानीजहाजका कारण सिएरा लियोनको मत्स्य उद्योग सङ्कटमा


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक सिएरा लियोनमा चिनियाँ मत्स्य उद्योगबाट स्थानीय माझीलाई असर पर्न थालेको देखिएको छ । पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको तटीय क्षेत्र माछा र अन्य समुद्री श्रोतका लागि निकै सम्पन्न मानिन्छ ।

युरोपियन टाइम्सका अनुसार सिएरा लियोनको माछा मार्ने औद्योगिक पानीजहाज मध्ये ७५ प्रतिशत चिनियाँ छन् ।

सिएरा लियोनको मत्स्य उद्योग एवम् समुद्री श्रोत मन्त्रालयका एक सल्लाहकार अनुसार माछा मार्ने चिनियाँ उद्योगले पछिल्ला ३० वर्षमा नाफा लैजाने गरेका कारण सन् २००९ देखि सन् २०२१ सम्म त्यहाँ उल्लेखनीय नकारात्मक असर परेको थियो ।

समुद्री खानाका श्रोतहरू तीब्र गतिमा हराउँदै गएको र यसकारण स्थानीय परिवार र माझी भोकमरीको सिकार भइरहेको युरोपियन टाइम्सले जनाएको छ । तटीय क्षेत्रमा बस्ने केही परिवारले दैनिक एक छाक मात्र खाने गरेको जनाइएको छ ।

मत्स्य उद्योगमा अत्यधिक निर्भर तटीय शहर टोम्बोका बासिन्दाहरू ऋणमा डुब्दै गएको र सो क्षेत्रमा हिंसाका घटनामा उच्च वृद्धि भएको समाचारमा जनाइएको छ ।
उक्त शहरमा मानिसहरू चिनियाँ माझीविरुद्ध प्रतिकारमा उत्रेको समाचार छ ।

माछा मार्ने चिनियाँ पानीजहाज अफ्रिकी पानीजहाज भन्दा ठूला र प्राविधिक रुपमा पनि गुणस्तरीय रहेका कारण अफ्रिकी माझीहरु माथिको संकट बढ्दै गएको हो ।

यसबाहेक चिनियाँ माझीले सरकारलाई थोरैमात्र शुल्क तिर्ने, आफूले समातेका माछाको परिमाण घटाएर मात्रै पेश गर्ने र समुद्री क्षेत्रमा अत्यधिक मात्रामा माछा मार्ने गरेको समेत जनाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ३३ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक