पोर्चुगलमा ५० हजार नेपाली ! « Khabarhub

पोर्चुगलमा ५० हजार नेपाली !


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोर्चुगलमा लगभग ५० हजार नेपाली रहेका छन् । छिट्टै स्थायी बसोबास (पिआर) अनुमति पत्र पाइने हुँदा नेपालीको आकर्षण पोर्चुगल बनेको हो । विगत तीन चार वर्षदेखि नेपालीहरु पोर्चुगल आउने क्रम तिब्र रुपमा बढेको पोर्चुगलको हिन्दु समुदायका पूर्व उपाध्यक्ष अजित हंसराजको भनाइ  उद्दृत गर्दै पोर्चुगलको समाचार संस्था लुसाले लेखेको छ ।

उनका अनुसार ९९ प्रतिशत नेपाली नागरिक हिन्दू धर्मका माध्यमबाट समुदायमा आउने गरेका छन् । “उनीहरूलाई यहाँ आकर्षित गर्ने कुरा आध्यात्मिक पक्ष पनि हो। नेपालीहरु मन्दिरमा आउँछन्‚ दिनहुँ मानिसको चहलपहल बढेको देखेका छौं‚’ उनले भने ।

यो बाहेक  पोर्चुगलमा भारतीय डायस्पोराको सङ्ख्या लगभग २ लाख रहेको छ। “तर हिन्दुहरू भारतबाट मात्र होइन‚ चारैतिरबाट आउन थालेका छन्‌। उनीहरु पछिल्लो समय बंगलादेश‚ भुटान‚ लगायत विशेषगरी दक्षिण एसियाबाट आउने गरेका छन्‚’ उनले भने।

हिन्दु समुदायको बृद्धिको अर्थ गत जनगणनामा हिन्दू धर्मले राष्ट्रिय तथ्याङ्कको फाराममा धर्ममा हिन्दु लेख्न पाइने भएको थियो । यस अघि धर्ममा ‘अन्य’ लेख्नुपर्ने बाध्यता थियो ।

पोर्चुगलमा जन संख्याको कमी हुनुको साथै धेरै क्षेत्रमा कामदारको अभाव रहेकाले पनि  धेरै नेपाली तथा अन्य नागरिकको रोजाईमा पोर्चुगल परेको उनले बताए ।

हिन्दू समुदाय हालका वर्षहरूमा पोर्चुगलमा सबैभन्दा बढेको छ‚ उनले भने। कोरोना भाइरस महामारीको नियन्त्रणद्वारा लगाइएको प्रतिबन्धका कारण गतिविधिहरू वञ्चित गरिएको भएपनि  हिन्दू क्यालेन्डरमा महत्त्वपूर्ण धार्मिक उत्सवहरूको दिनमा‚ हजारौं मानिसहरू मन्दिरमा भेला हुन्छन्। हिन्दुहरुको विशेष चाडपर्वमा एक दिनमा ३ हजार जनाले मन्दिरको दर्शन गर्ने उनले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ५६ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय