प्रधानमन्त्री देउवाद्वारा फागुपूर्णिमाको शुभकामना | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाद्वारा फागुपूर्णिमाको शुभकामना


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

देउवाले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन्। फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन्।

साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ६ : १२ बजे

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै

श्रीलङ्कामा आज राष्ट्रपति निर्वाचन

काठमाडौं– श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भइरहेको छ ।