निःशुल्क स्वास्थ्य शिविरबाट नरैनापुरका ९७८ जनाले लिए सेवा « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट नरैनापुरका ९७८ जनाले लिए सेवा


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकामा आयोजना गरिएको विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ७८ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोग, बाँके युनेस्को क्लबको समन्वय र नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरवप्रसाद गणको सहकार्यमा सो शिविरको आयोजना गरिएको हो ।

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा पहिलो दिन ६ सय ७८ जना र दोस्रो दिन ३ सय जना महिला पुरुष र बालबालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गराएर औषधि समेत निःशुल्क पाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार पहिलो दिन जटिल किसिमका रोग भएका १ सय ८४ जना र दोस्रो दिन पनि सोही संख्यामा आएका बिरामीको भिडियो एक्सरे, नर्मल एक्सरे, ईसिजी र विभिन्न रगत परीक्षण गरिएको थियो ।

प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्सरे, ईसिजी लगायतका सुविधाहरुसहित आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविर दुर्गम मानिने गाउँमै आएर सञ्चालन गरिएकोमा नरैनापुर–५ का पेशकार सिंहले बताए । उनले भने, ‘सानो सानो सेवा लिन नेपालगञ्ज कि भारत जानु पर्ने बाध्यता रहने नरैनापुरमा घर दैलोमै विशेषज्ञ सेवा पाउँदा हामी दंग छौ ।’

सो शिविरमा नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ वरिष्ठ चिकित्सकहरु हाडजोर्नी विशेषज्ञ डा. आधार बेल्वासे, सर्जरी विशेषज्ञ डा. दिवस थापा, छाला तथा यौनरोग विशेषज्ञ डा. सविन कँडेल, स्त्रीरोग विशेषज्ञ डा. कविता सिन्हा, नाक कान घाँटी रोग विशेषज्ञ प्रा.डा. ढुण्डिराज पौडेल, मेडिसिन विशेषज्ञ फिजिसियन डा.शिशिर रेग्मी र बालरोग विशेषज्ञ डा. राजेश केसी, रेडियोलोजीस्ट डा. त्रिदेव चौरसियाले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ११ : ३० बजे

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले