युक्रेन युद्धका कारण विश्वभर खाद्य असुरक्षा बढ्ने चिन्ता « Khabarhub

युक्रेन युद्धका कारण विश्वभर खाद्य असुरक्षा बढ्ने चिन्ता


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् । उनले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावनी दिएका समाचारमा जनाइएको छ ।

प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महंगो हुने र जसका कारण अभाव पनि हुनसक्ने बताए ।

उनका अनुसार युरोप लगायतका क्षेत्रमा युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्नेछ । यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा वृद्धि हुनसक्ने अनुमान छ ।

उनले भने– ‘युद्धका अरु पनि असरहरू होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ, खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महङ्गीका असर गर्न सक्छ ।’

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा संवाददाताहरूसँग उनले यो युद्ध जति समय लम्बिँदै गयो त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान गरे । तीन हप्तादेखि रुसले युक्रेनमा हमला जारी राखेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १ : १९ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल