क्यारोलिना बनिन् विश्व सुन्दरी | Khabarhub Khabarhub

क्यारोलिना बनिन् विश्व सुन्दरी


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा पोल्याण्डकी क्यारोलिना बेइलावस्काले उपाधि जितेकी छन् ।

अमेरिकी टापु राज्य पुएर्तोरिकोमा बिहिबार बिहान मात्र सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा क्यारोलिना विजेता घोषित भएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराइन् ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्युटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।

क्यारोलिन टाइटल विजेता बनेसँगै अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भएका छन् ।

कोरोना भाइरस महामारीको कारण यस पटकको फिनालेमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : ५२ बजे

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान

ढाका– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा

भागबन्डा नमिल्दा मधेशमा सकस, अर्थमा मिलेन कांग्रेस र मुख्यमन्त्रीको कुरो

जनकपुरधाम – केन्द्रीय सत्ता समीकरण फेरबदलसँगै मधेश प्रदेशमा सबैभन्दा पहिला

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० जनाको मृत्यु

एजेन्सी– रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ

अवरुद्ध बेनी-दरबाङ सडक खुल्यो

गलेश्वर– पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि

जापान र फिलिपिन्सबीच रक्षा सम्झौतामा हस्ताक्षर

एजेन्सी– जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीका