विश्व फुटबल प्रमुखको शीरमा नेपाली ढाका टोपी | Khabarhub Khabarhub

विश्व फुटबल प्रमुखको शीरमा नेपाली ढाका टोपी


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष गिएनी इन्फान्टिनोलाई एन्फाले ढाका टोपी उपहार दिएको छ ।

फ्रान्सको पेरिसमा आयोजित फिफा कांग्रेसमा भागलिन पुगेका अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले विश्व फुटवलका अध्यक्ष इन्फान्टिनोलाई ढाका टोपी लगाइदिएका हुन् । टोपी लगाउँदा इन्फान्टिनो हर्सित देखिएका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली ढाका टोपी लगाइ दिएपछि फिफा अध्यक्ष इन्फान्टिनोसँग एन्फा पदाधिकारीले फोटो खिचाएका छन् ।

तस्बिरमा अध्यक्ष इन्फान्टिनोसहित एन्फा अध्यक्ष शेर्पा, एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङ र एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले फोटो खिचाएक छन् ।

फिफा कङ्ग्रेसमा सहभागी हुन एन्फा टोली गत सोमबार फ्रान्स प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : १५ बजे

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी

नाडा अटो शो २०२५ मा साइमेक्स इंकले लन्च गर्‍यो बीवाईडी एट्टो २

काठमाडौं–  नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स

बजेट पारित नहुँदा समस्यामा धरान उपमहानगर

धरान– एक महिनादेखि बजेट पारित नहुँदा धरान उपमहानगरपालिका समस्याग्रस्त बनेको

नेटोका सैन्य प्रमुखले युक्रेनको सुरक्षा प्रत्याभूतिबारे छलफल गर्ने

एजेन्सी – नेटोका सैन्य प्रमुखहरूले युक्रेनको लागि अन्तिम सुरक्षा सुनिश्चितताको

जाडोमा च्यवनप्राश खाँदा के फाइदा ?

काठमाडौं– जाडोयाममा चिसो तथा रुघाखोकीसहित श्वासप्रश्वासजन्य स्वास्थ्य समस्याको जोखिम हुन्छ