नाट्यशालामा रुसी आक्रमणपछि जेलेन्स्की भन्छन्,– ‘हाम्रो मुटु छियाछिया भयो’ « Khabarhub

 नाट्यशालामा रुसी आक्रमणपछि जेलेन्स्की भन्छन्,– ‘हाम्रो मुटु छियाछिया भयो’


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आक्रमणकारी रुसी फौजले घेराबन्दीमा परेको दक्षिणी युक्रेनी शहर मारिउपोलस्थित नाट्यशालामा आक्रमण गरेको छ । मानिसहरु युद्धबाट जोगिन शरण लिइरहेका बेला उक्त नाट्यशालामा रुसी फौजले हवाई आक्रमण गरेको हो ।

मारिउपोलका उपमेयर सर्गोई ओर्लोभले बीबीसीलाई दिएको जानकारीअनुसार आक्रमणका बेला उक्त नाट्यशालामा १ हजार देखि १२ सय सर्वसाधारणले शरण लिएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर र भिडियोहरुमा आक्रमणपछि उक्त नाट्यशाला ध्वस्त भएको र धुवाँको कालो मुस्लो उडिरहेको भग्नावशेषबाट मानिसहरूको उद्धार गरिरहेको देखिन्छ ।

उक्त नाट्यशालामा आक्रमणबाट भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । यद्यपि स्थानीय सांसद दिमित्रो गुरिनले बीबीसीलाई दिएको जानकारीअनुसार अधिकांश मानिस आक्रमणमा बाँच्न सफल भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाए । ‘रुसले हाम्रा जनताविरुद्ध, हाम्रो मारिउपोलविरुद्ध जे गरिरहेको छ, त्यसले हाम्रो हृदय छियाछिया भएको छ ।’

मारिउपोलको नगर परिषद्ले पनि रुसी फौजले सुरक्षित बसिरहेका निर्दोष मानिसहरूलाई निशाना बनाएको जनाएको छ । ‘रुसी फौजले जानाजान आक्रमण गरी नाट्यशाला ध्वस्त बनाएको छ ।’ नगर परिषद्ले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘मारिउपोलका सयौँ शान्तिपूर्ण नागरिक  लुकेर बसिरहेको भवनमा लडाकु विमानले बम खसालेका थिए ।’

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा र नगर परिषद्ले सर्वसाधारण लुकेर बसेको भवनमा आक्रमण गर्ने रुसको कदम ‘युद्ध अपराध’ भएको जनाएका छन् ।

गैर सैनिक निशानामा आक्रमण गरेको भनी रुसमाथि बारम्बार युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । यसअघि गतसाता पनि रुसले मारिउपोल शहरमै रहेको एक बालअस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ६ : १५ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू