पाकिस्तानमा मुख्यमन्त्री नियुक्त गर्दा साढे तीन अर्बको चलखेल ! « Khabarhub

पाकिस्तानमा मुख्यमन्त्री नियुक्त गर्दा साढे तीन अर्बको चलखेल !


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्रीका लागि पूर्व विशेष सल्लाहकार यार मोहम्मद रिन्दले बलोचिस्तान प्रान्तमा मुख्यमन्त्री नियुक्त गरिदा ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

उनले अब्दुल कुदोस बिजेन्जोलाई बलोचिस्तान प्रान्तको मुख्यमन्त्री नियुक्त गर्दा साढे तीन अर्ब पाकिस्तानी रुपैयाँ बराबरको ‘सम्झौता’ भएको आरोप लगाए ।

पाकिस्तानको जियो टेलिभिजनको ‘जिर्गा’ कार्यक्रममा अन्तरवार्ता दिँदै उनले यस्तो आरोप लगाएका हुन् । उनका अनुसार यस सम्झौतामा तीन सिनेटर र एकजना ‘ठूला राजनीतिक व्यक्तित्व’ को संलग्नता छ ।

यदी कारवाही हुनेभए आफू ती राजनीतिक व्यक्तित्वको नामै खुलासा गर्न समेत तयार रहेको उनले बताए । रिन्द यसअघि पाकिस्तान तहरिक ए इन्साफ पार्टीको बलोचिस्तान प्रान्तको प्रमुख समेत रहिसकेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ५ : २३ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा