फागु पूर्णिमामा ट्राफिक नियम उल्लंघन गर्ने ९०६ जनालाई कारबाही  « Khabarhub

फागु पूर्णिमामा ट्राफिक नियम उल्लंघन गर्ने ९०६ जनालाई कारबाही 


३ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा (होली)मा ट्राफिक नियम उल्लंघ गर्ने  ९०६ जनालाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिए ।

कारबाही परेका  ९०६ जना मध्ये  १०६ जना मापसे (मादक पदार्थ सेवन)  गरेर सवारी चलाउने परेका प्रवउ जोशीले बताए । 

आज होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिग ज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेहरूमाथि विशेष निगरानी गरेको महाशाखाले जनाएको छ ।

पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा एक हजार ३०० ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकोमा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको थियो ।

 दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षाचौकी राखेर बिहानदेखि नै कडा जाँचको व्यवस्था मिलाएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण काठमाडौँमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ८ : ५३ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा