युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै, १४ हजार २ सय सैनिक मारिएको युक्रेनी दाबी « Khabarhub

युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै, १४ हजार २ सय सैनिक मारिएको युक्रेनी दाबी


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका क्रममा हालसम्म १४ हजार २ सय रुसी सैनिक मारिएको युक्रेनी पक्षले दाबी गरेको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएदेखि हालसम्म अनुमानित १४ हजार २ सय रुसी सैनिक मारिएको दाबी गरेको हो ।

यद्यपि युक्रेनी पक्षको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको छ । रुसी र युक्रेनी पक्षले जारी युद्धमा मारिने लडाकुको संख्याबारे निकै फरक तथ्यांक सार्वजनिक गरेका छन् ।

गत मार्च ३ मा रुसी पक्षले सार्वजनिक गरेको तथ्यांकमा आफ्ना केबल ४९८ सैनिक मारिएको जनाएको थियो । त्यसयता रुसले हताहत सैनिकको तथ्यांकबारे कुनै जानकारी उपलब्ध गराएको छैन ।

यहीक्रममा बिहीबारमात्रै अमेरिकी अधिकारीले युक्रेनमा जारी आक्रमणका क्रममा ७ हजार भन्दा धेरै रुसी सैनिक मारिएको बताएको बीबीसीले जनाएको छ । ती अधिकारीको अनुमान अनुसार युद्धमा अरु १४ हजार रुसी सैनिक घाइते भएका छन् ।

युक्रेनी रक्षा मन्त्रालयले युद्धका क्रममा १४ हजार २ सय रुसी फौज मारिनुका साथै ४५० ट्याङ्क, ९३ लडाकु विमान, ११२ हेलिकोप्टर र ४३ हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।

(बीबीसीबाट)

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : ०५ बजे

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि