भक्तपुरको कौशलटारमा ट्रयाक्टरबाट खसेर किशोरको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरको कौशलटारमा ट्रयाक्टरबाट खसेर किशोरको मृत्यु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा ट्रयाक्टरबाट खस्दा एक किशोरको मृत्यु भएको छ ।

उदयपुरको गाइघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बालुवा र सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट उनी शुक्रबार राति अन्दाजी ९ : २० बजे खसेका थिए ।

खस्दा गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा बाटैमा मृत्यु भएको परिसका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनी सवार ट्रयाक्टर काठमाडौँबाट भक्तपुरतर्फ जाँदै थियो । घटनापछि ट्रयाक्टर चालक झापा कन्काई नगरपालिका–५ का २७ वर्षीय रोशन गुरुङ भने प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ३७ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित