१२ रुसी हवाई निशाना ध्वस्त पारेको युक्रेनी दाबी « Khabarhub

१२ रुसी हवाई निशाना ध्वस्त पारेको युक्रेनी दाबी


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २४ घण्टाको अवधिमा १२ आक्रमणकारी रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनी फौजले दाबी गरेको छ ।

युक्रेनी फौजले रुसका दुई लडाकु विमान, तीन हेलिकोप्टर, तीन ड्रोन र चार क्रुज क्षेप्यास्त्र ध्वस्त पारिदिएको दाबी गरेको हो । फेसबुकमा पोष्ट गर्दै युक्रेनी फौजको वायुसेना बलको कमान्डले यस्तो दाबी गरेको हो ।

यिमध्ये १० निशाना युक्रेनको वायुसेनाले ध्वस्त पारेको जनाइएको छ भने बाँकी दुई निशाना जमिनमा आधारित हवाई रक्षा एकाइले ध्वस्त पारेको युक्रेनी वायुसेनालाई उद्धृत गर्दै युक्रेनबाट प्रकाशित हुने युक्रेइन्फोर्म अनलाइनले जनाएको छ ।

रुसले गत फेब्रुअरी २४ यता युक्रेनमा आक्रमण थालेको हो । त्यसयता युक्रेनी पक्षले १४ हजार २ सय भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको र अरु सयौं हतियार एवम् सैनिक उपकरण ध्वस्त पारिदिएको दाबी गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : १४ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार