दाङ-प्युठान सीमानामा बस दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

दाङ-प्युठान सीमानामा बस दुर्घटना हुँदा एकको मृत्यु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो ।

प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १२ यात्रु घाइते भएका छन् । ना३ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा कति यात्रु थिए अझै पत्ता लागेको छैन । घटनास्थलमा अहिले बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वलीसहित स्थानीय उद्धारमा खटिएका छन् ।

दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाइतेलाई अहिले स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : ४९ बजे

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि

जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको