चीनियाँ संरक्षणवादी नीति तीव्र विकासको कारक : जेपी मोर्गन « Khabarhub

चीनियाँ संरक्षणवादी नीति तीव्र विकासको कारक : जेपी मोर्गन


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ, चीन- आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने अर्थात् संरक्षणवादी नीति लिएका कारण तीव्र आर्थिक वृद्धि भएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताएका छन् ।

विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन गरेको सहयोगी नीतिहरूका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल भएको उनले बताए ।

‘चीनले आफ्नो आर्थिक समस्यालाई चक्रीय–प्रतिरोधी आर्थिक तथा मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याई आर्थिक वृद्धिदरमा देखिएको दवावलाई अल्पकालका लागि सहयोग गर्ने तथा दीर्घकालका लागि संरचनागत सुधारलाई निरन्तरता दिनेछ,’ झुले भने ।

अमेरिका चीन–ब्यापार विवाद तथा अन्य बाह्य तनावका वावजुद सन् २०१८ मा चीनको अर्थतन्त्रमा अघिल्लो बर्षको तुलनामा मन्द विस्तार देखिने भएपनि ६.६ प्रतिशतको दीगो आर्थिक वृद्धिदर कायम रहने उनले बताए ।

‘चिनियाँ आर्थिक नीतिनिर्माताहरूले आर्थिक वृद्धिदरलाई स्थायित्व दिनका लागि चिनियाँ सामानमा कर तथा शुल्क कटौति गर्ने, उपयोग तथा लगानीमा वृद्धि गर्ने तथा रोजगारीका अवसरलाई थप प्रोत्साहन गर्नेजस्ता सहयोगात्मक उपायहरू अवलम्वन गरेका छन्,’ उनले भने ।

सन् २०१९ का लागि मुलुकको कुल ग्राहस्थ उत्पादनको १ दशमलव २ प्रतिशत बराबरको कर कटौती गरेरै भएपनि कुल ग्राहस्थ उत्पादन वृद्धिदरमा शून्य दशमलव ४६ प्रतिशत अङ्कको सहयोगका लागि योगदान गर्ने अनुमान झुको रहेको छ ।

चीनको खपतमा सन्तुलन गुमेको अवस्था रहेका ‘भ्रामक’ तथ्यहरू बाहिर आउने गरेका भनी विश्व अर्थजगतमा चर्चा चलिरहेका समय उनको दृष्टिकोण आएको हो । चीनले गाडीको कारोबारमा देखिएको कमजोर अवस्थाका कारण गत बर्ष खपतमा मन्द वृद्धि देखिएको चीनको दावी छ।

कार विक्री बाहेकका खर्चमा चीनको आर्थिक वृद्धिदर सन्तुलित नै देखाइएको छ । यस बर्ष पनि चीनले कर कटौति र सहयोगी नीतिका कारण आर्थिक वृद्धिदरलाई प्रोत्साहन गर्ने देखिएको उहाँको तर्क छ ।

चीनको स्थिर सम्पत्तिमा अघिल्लो बर्षको तुलनामा यस बर्ष ५ दशमलव ७ प्रतिशतको वृद्धि आउने झुको अनुमान रहेको छ । गत वर्ष ५ दशमलव ९ प्रतिशतको वृद्धिदर रहेकोमा यसमा सन् २०१९ मा ०.२ प्रतिशतको सामान्य कमी देखिएको छ ।

उनले तर चीनको संरचनागत लगानीमा पुनः वृद्धि हुने तर धितो बजार लगानीमा सामान्य अवस्था रहने उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ४७ बजे

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका