मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको तालिका सार्वजनिक | Khabarhub Khabarhub

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको तालिका सार्वजनिक


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीमा यही सोमवार सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को ट्रफी र खेलतालिका आज सार्वजनिक गरिएको छ ।

आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो ।

परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने जानकारी दिएका छन् ।

सात प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रोले एक लाख र चौथो स्थान प्राप्त गर्नेले ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा उदयीमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई एक हजार ५०० प्रदान गरिने छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : १४ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले