मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको तालिका सार्वजनिक « Khabarhub

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको तालिका सार्वजनिक


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीमा यही सोमवार सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को ट्रफी र खेलतालिका आज सार्वजनिक गरिएको छ ।

आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो ।

परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने जानकारी दिएका छन् ।

सात प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रोले एक लाख र चौथो स्थान प्राप्त गर्नेले ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा उदयीमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई एक हजार ५०० प्रदान गरिने छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : १४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा