कांग्रेस नेता जोशीमाथिको कारबाही फिर्ता लिन माग « Khabarhub

कांग्रेस नेता जोशीमाथिको कारबाही फिर्ता लिन माग


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग गरेको छ ।

भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशीमाथिको कारबाही फिर्ता गर्न माग गरेको हो ।

बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि केन्द्रीय समितिले जोशीलाई कारबाही गरेको थियो । यसयता जोशीले स्वतन्त्ररूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ०५ बजे

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः