एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता | Khabarhub Khabarhub

एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – गैरआवासीय नेपाली संघको निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने भएका छन् ।

संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीबाट हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो ।

करिब एक सय ५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरूलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनएमार्फत सेल्फी लिन चुकेपछि सूचीबाट नाम हटाइएको हो ।

संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुँदैछ । अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाबीच निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ३२ बजे

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक

यी प्रदेशमा आजै रातिदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

झापा – भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज