म्यादी प्रहरीमा आवेदन दिनेको भिड « Khabarhub

म्यादी प्रहरीमा आवेदन दिनेको भिड


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्सालले म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशन गरेर भर्नाका लागि आवेदन खुलाएको छ ।

आइतबारबाट आवेदन खुलेसँगै विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ । काठमाडौँ उपत्यकाका महानगरीय प्रहरी परिसर, अन्य जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरुको लामो लाइन लागेको हो ।

चैत १ गते नेपाल प्रहरीले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १ लाख जना म्यादी प्रहरी माग गरेको थियो । आवेदन दिने अन्तिम मिति चैत ११ सम्म रहेको छ । त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले म्यादी प्रहरीमा आकर्षण बढेका कारण आवेदन दिनेको भिड लागेको बताए। उनले देशलाई सेवा गर्ने अवसर पनि भएको पनि धारणा राखे।

छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले, प्रहरी जवानसरह सुविधा पाउने छन् भने दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ०५ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने